

काठमाडौँ । लिबियाका पूर्व तानाशाह मुअम्मर गद्दाफीका छोरा र एक समय सत्ताका उत्तराधिकारी मानिने सैफ अल इस्लाम गद्दाफीको मृत्यु भएको छ । उनी ५३ वर्षका थिए । लिबियाली अधिकारीहरूले पश्चिमी लिबियाको जिन्टान शहरमा उनको गोली हानेर हत्या भएको दाबि गरिएको छ ।

यो घटनाले देशको अस्थिर सुरक्षा अवस्था र लामो समयदेखि चलिरहेको राजनीतिक द्वन्द्वलाई फेरि एक पटक चर्चामा ल्याएको छ ।
पश्चिमी लिबियाका दुई सुरक्षा अधिकारीहरूका अनुसार, राजधानी त्रिपोलीबाट लगभग १३६ किलोमिटर दक्षिणपश्चिममा अवस्थित जिन्टान शहरमा सैफ अल इस्लामको मृत्यु भएको बताइएको छ ।

सैफ अल इस्लामका वकिल, खालेद अल जैदीले फेसबुक पोस्टमा उनको मृत्युको पुष्टि गरेका छन्, तर कुनै विवरण साझा गरेका छैनन् । यसैबीच, संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको राजनीतिक वार्तामा सैफ अल इस्लामको प्रतिनिधित्व गर्ने अब्दुल्लाह ओथमान अब्दुर्रहिमले पनि फेसबुकमा उनको मृत्युको घोषणा गरेका छन् ।
लिबियाली समाचार आउटलेट फवासेल मिडियाले अब्दुर्रहिमलाई उद्धृत गर्दै सशस्त्र व्यक्तिहरूले सैफ अल इस्लामलाई उनको घरमा हत्या गरेको उल्लेख गरेको छ । रिपोर्ट अनुसार, अभियोजन एजेन्सीहरूले मुद्दाको अनुसन्धान गरिरहेको बताइएको छ । सैफ अल इस्लाम गद्दाफी लामो समयदेखि लिबियाली राजनीति र गृहयुद्धमा एक विवादास्पद व्यक्तित्व हुन् । उनको मृत्युले फेरि एक पटक देशको सुरक्षा अवस्था र राजनीतिक स्थिरतामाथि धेरै प्रश्नहरू उठाएको छ ।
#LibyaNews #GaddafiSon #InternationalUpdate #WorldPolitics #BreakingNews #GlobalAffairs #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



