भारत यू-१९ क्रिकेट विश्वकपको फाइनलमा, उपाधिका लागि इङल्याण्डसँग भिड्ने

 

काठमाडौँ । भारत जारी आइसीसी यू-१९ क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलमा भारतले अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको ३११ रनको लक्ष्य पछाएको भारतले ४१.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । भारतका लागि आरोन जर्जले ११५ रनको शतकीय पारी खेलेका थिए भने बैभव सूर्यवंशीले ६८ र कप्तान आयुष म्हात्रेले ६२ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ४ विकेट गुमाएर ३१० रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल शिनोजादाले ११० र उजैरुल्लाह मिआखिलले १०१ रन बनाएका थिए ।

यो जितसँगै भारतले अब फाइनलमा इङल्याण्डसँग खेल्ने भएको छ । यसअघि भएको पहिलो सेमिफाइनलमा इङल्याण्डले अस्ट्रेलियालाई २७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनल खेल शुक्रबार जिम्बाबेको हरारेमा हुने तालिका छ ।

#U19WorldCup #IndiaU19 #EnglandU19 #CricketFinal #CricketNews #SportsUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages

अन्य समाचारहरु