

इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स (आईआरजीसी) ले बुधवार अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच नयाँ भूमिगत मिसाइल बेसको अनावरण गरेको छ । अर्ध–सरकारी फार्स समाचार एजेन्सीका अनुसार इरानी सशस्त्र बलका चिफ अफ स्टाफ अब्दुलराहिम मौसवी र आईआरजीसीको एरोस्पेस डिभिजनका कमाण्डर सैयद माजिद मौसवीको भ्रमणका क्रममा यो बेस सार्वजनिक गरिएको हो ।

भ्रमणका क्रममा मिसाइल एकाइहरूको परिचालन तयारीको मूल्याङ्कन गरिएको र वरिष्ठ कमाण्डरहरूलाई रणनीतिक प्रगतिको बारेमा जानकारी गराइएको रिपोर्टमा उल्लेख छ ।

मौसवीले इरानले आफ्ना ब्यालिस्टिक मिसाइलहरूलाई प्राविधिक रूपमा स्तरोन्नति गर्दै प्रतिरोध क्षमता बलियो बनाएको दाबी गर्नुभयो । उहाँले इरानले आफ्नो सैन्य सिद्धान्तलाई रक्षात्मकबाट आक्रामकमा बदलेको बताउँदै शत्रुको कुनै पनि कारबाहीको कडा जवाफ दिन तयार रहेको उल्लेख गर्नुभ्यो ।

अमेरिकाले इरान नजिकै सैन्य उपस्थिति बढाउँदै तेहरानलाई सम्झौताका लागि दबाब दिइरहेका बेला यो विकासक्रम सार्वजनिक भएको हो । मौसवीले चेतावनी दिँदै भने कि अमेरिकाको सानो गल्तीले पनि क्षेत्रीय युद्ध निम्त्याउन सक्छ, जसबाट कुनै पनि अमेरिकी सुरक्षित रहने छैनन् ।
#IranMissileBase #USTensions #DefenseNews #MilitaryUpdate #GlobalSecurity #WorldNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



