चलचित्र ‘शिवांश: च्याप्टर १’ को ट्रेलर सार्वजनिक

 

काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ ।

अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप समेटिएको छ । जोगीको भेषमा बसेर भित्री रूपमा कतिपय व्यक्ति कसरी अपराधमा सक्रिय हुन्छन् भन्ने ट्रेलरमा देखाएको छ ।

ट्रेलरको सबैभन्दा बलियो पक्ष अभिनेता प्रविण खतिवडाको लुक्स र अभिनय हो । सुरुवाती दृश्यमै अभिनेता प्रविण खतिवडालाई एउटा यस्तो साधुको रूपमा देखाइएको छ जो कुनै दिव्य शक्ति वा ‘सिद्धि’ प्राप्तिको लागि मरिहत्ते गरिरहेको छ ।

चलचित्रको मूल कथा एक रहस्यमयी दिव्य शिला (ढुंगा) र त्यसले कलयुगमा निम्त्याउन सक्ने शक्ति वा विनाशको वरिपरि घुमेको संकेत ट्रेलरले दिएको छ । आध्यात्मिक शक्ति प्राप्त गर्ने होडबाजी र त्यसले उत्पन्न गर्ने द्वन्द्व नै चलचित्रको मुख्य आकर्षण रहेको देखिन्छ ।

निर्देशक सन्तोष कुमार आत्रेयले चलचित्रलाई भव्य र फरक शैलीमा निर्देशन गरेको झलक ट्रेलरमा प्रष्ट देखिन्छ । चलचित्रको अर्को विशेष पक्ष भनेको भारतीय प्रख्यात गायक कैलाश खेरको स्वर र संगीत हो ।

प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ । चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।

अञ्जान केसी निर्माता चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

ट्रेलर: 

#ShivanshChapter1 #NepaliMovie #MovieTrailer #FilmNews #EntertainmentNepal #NepaliCinema #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages

अन्य समाचारहरु