

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दावी गर्नु भएको छ ।

शनिवार काठमाडौंको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । नेपाली काँग्रेसका क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहनुभएका महामन्त्री पौडेलले देशलाई रुपान्तरण गर्ने गरी काँग्रेसको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गर्दै देशको रुपान्तरण गर्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आम मतदातालाई अपिल गर्नुभयो । उहाँले पार्टीका नेता, कार्यकर्ताहरुलाई पनि देशको रुपान्तरणका लागि काँग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न सचेत गराउनु भयो । महामन्त्री पौडेलले आम जनताले मत दिएर नेपाली काँग्रेसलाई देश रुपान्तरणका लागि बल प्रदान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘म काँग्रेसका तमाम साथीहरुलाई आग्रह गर्न चाहन्छुृ–तपाईले भनेजस्तो काँग्रेस बनेको छ । तपाईले काँग्रेसमा जस्तो रुपान्तरण खोज्नुभएको छ । काँग्रेसमा त्यो रुपान्तरण भएस्को छ । अब रुपान्तरित काँग्रेसले देशको रुपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल प्रदान गर्नुस । मत दिएर तागत प्रदा गर्नुस् । हामीले आम मतदातालाई त्यो भन्न जरुरी छ । राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोरित जान सक्दैन । निर्णय सही ढंगबाट हुन सक्दैन । खासगरी अहिले काँग्रेसको नेतृत्व गरिरहेको हामीहरु पनि पछिल्लो पुस्ताकै हौ तुलनात्मक हिसावबाट । तर हावी के दाबी गर्छौं भने नेपालमा परिवर्तन गर्ने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमा केटाकेटीदेखि नै लागेका मान्छे हौ ।’
महामन्त्री पौडेलले नेपाली काँग्रेसमा परिपक्व तर युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर समेत गर्नुभयो ।
#CongressNepal #Poudel #ElectionCampaign #NepaliPolitics #VoteForChange #DemocracyNepal #PoliticalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



