

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले आइसीसी टी-२० विश्वकपको पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिएकी छन् ।
विश्वकपको समुह सी मा रहेको नेपालले आज इङल्याण्डविरुद्ध दिउसो ३: १५ बजेदेखि खेल्दैछ ।


प्रधानमन्त्री कार्कीले कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउने विश्वास व्यक्त गर्दै इङल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना दिएकी छन् ।

उनले भनेकी छन्- आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ । कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ- नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार/सफलताको आड छ। इङल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना ! विजयी भवः।
#PMKarki #NepalCricket #T20WorldCup #TeamNepal #CricketNepal #GoodLuckTeam #SportsNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



