इरानमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई छ वर्षको जेल सजाय

 

काठमाडौँ । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई छ वर्षको जेल सजाय सुनाएको छ ।

उनका वकिल मोस्तफा निलीले ‘अपराध गर्न षड्यन्त्र र सहकार्य गरेको’ गरेको आरोपमा उनलाई छ वर्ष कैदको सजाय तोकिएको बताएका छन् । साथै, उनलाई दुई वर्षसम्म देश छोड्न नपाउने गरि प्रतिबन्ध पनि लगाइएको छ ।

वकिलका अनुसार मोहम्मदीलाई ‘प्रचारात्मक गतिविधि’ गरेको अभियोगमा थप डेढ वर्षको जेल सजाय सुनाइएको छ र दुई वर्षका लागि पूर्वी साउथ खोरासान प्रान्तको खोस्फ शहरमा निर्वासनको सजाय पनि दिइएको छ ।

५३ वर्षीया मोहम्मदीले महिलामाथि लागू अनिवार्य पोशाक नियम र मृत्युदण्डको प्रयोगविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएकी छन् । उनको सक्रियताको सम्मानस्वरूप सन् २०२३ मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

पछिल्ला २५ वर्षमा उनी पटक–पटक मुद्दा चलाइएकी र जेल परेकी छन् । पछिल्लो दशकको अधिकांश समय उनले कारागारमै बिताएकी छन् र सन् २०१५ यता पेरिसमा बस्ने आफ्ना जुम्ल्याहा सन्तानलाई भेट्न पाएकी छैनन् । उनी पछिल्लो पटक गत डिसेम्बर १२ मा पक्राउ परेकी थिइन् ।

#IranNews #NobelPeacePrize #NargesMohammadi #HumanRights #WorldNews #Justice #InternationalAffairs #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages