

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको माघ २४ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार अ बाट आमाले बक्स अफिसमा शानदार कमाई गरेको छ ।

माघ १६ गतेदेखि रिलिज भएको आ बाट आमाले बक्स अफिसमा एक सातामा ४ करोड ८० लाख ९० हजार ४८७ कमाई गरेको छ । यस फिल्मका एक लाख ७६ हजार ५५२ टिकट विक्री भएको बोर्डले जनाएको छ ।

त्यस्तै फिल्म गोबर गणेशले एक करोड ४० लाख २७ हजार ७६६ कमाई गरेको छ । यस फिल्मको अहिलेसम्म ४९ हजार ५३१ टिकट बिक्रि भएको छ ।
फिल्म झरी पछिको इन्द्रेणीले एक करोड २९ लाख ५५ हजार ११९ कमाई गरेको छ । अहिलेसम्म झरी पछिको इन्द्रेणीको ४० हजार ८९९ टिकट बिक्री भएको छ ।
#NepaliCinema #BoxOfficeReport #AaBataAama #NepaliMovie #FilmUpdate #CinemaNepal #EntertainmentNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



