एपस्टाइन प्रकरणमा शाही प्रतिक्रिया: पीडितहरूको पक्षमा विलियम र क्याथरिन

 

काठमाडौँ । जेफ्री एपस्टाइनसँग सम्बन्धित फाइल्सबारे नयाँ जानकारी सार्वजनिक भएपछि बेलायतका प्रिन्स अफ वेल्स विलियम र प्रिन्सेस क्याथरिनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

केनसिङ्टन प्यालेसका अनुसार सार्वजनिक भएका अमेरिकी दस्तावेजमा उल्लेखित विवरणप्रति उनीहरूको ध्यान पीडितहरूतर्फ केन्द्रित भएको छ । एपस्टाइनसँग सम्बन्धका कारण फेरि प्रश्न उठिरहेका एन्ड्र्यु माउन्टब्याटन विन्डसरबारे पनि चासो बढेको छ । प्यालेसले प्रिन्स र प्रिन्सेस पीडितहरूको पक्षमा रहेको स्पष्ट पारेको छ ।

यस विषयमा आफ्नो पहिलो सार्वजनिक प्रतिक्रियामा, शाही प्रवक्ताले अमेरिकामा जारी गरिएका कागजातहरूमा खुलासा गरिएको नयाँ जानकारीको प्रकाशमा राजकुमार विलियम र राजकुमारी क्याथरिनहरूको ध्यान घटनाका पिडितहरुप्रति रहेको बताएका छन् ।

गत हप्ता नयाँ फाइल सार्बजनिक भएपछि प्रिन्स एन्ड्रयुले आफ्नो विन्डसर निवास समयभन्दा अगाडि नै छोडेका थिए ।

बकिङ्घम दरबारले पहिले नै २०२६ को सुरुमा एन्ड्रयुले रोयल लज छोड्ने बताएको थियो । पूर्व राजकुमार अहिले राजा चार्ल्सको निजी सम्पत्ति, स्यान्ड्रिङ्घम इस्टेटमा बस्दै आएका छन् ।

उनको जेफ्री एपस्टाइनसँग लामो समयदेखिको मित्रता रहेको सार्बजनिक भएका फाइल्सबाट खुलासा भएको थियो ।

#EpsteinCase #RoyalFamily #PrinceWilliam #PrincessCatherine #SupportForVictims #WorldNews #UKUpdates #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages