सैन्य धम्की वा नयाँ प्रतिबन्धको सामना गर्छौं तर युरेनियम संवर्धन कार्यक्रम त्याग्दैनौं- इरान

 

काठमाडौँ । इरानले परमाणु बारे अमेरिकी दबाबलाई कडाइका साथ अस्वीकार गरेको छ । इरानले सैन्य धम्की वा नयाँ प्रतिबन्धहरूको सामना गर्नु परे पनि, कुनै पनि परिस्थितिमा आफ्नो युरेनियम संवर्धन कार्यक्रम नत्याग्ने बताएको हो ।

Nepal life insurance

तेहरानमा एक सार्वजनिक कार्यक्रममा इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानको आणविक नीतिलाई धम्की दिएर परिवर्तन गर्न नसकिने बताउदै अमेरिकाको मनसायमा कुनै विश्वास नरहेको बताएका हुन् ।

उनको यो बयान यस्तो समयमा आएको हो जब इरान र अमेरिकाबीच धेरै वर्षपछि ओमानमा वार्ता पुनः सुरु भएको छ । इरान आफूमाथि लगाइएको कडा आर्थिक प्रतिबन्ध हटाउन चाहन्छ, जबकि अमेरिका इरानको आणविक कार्यक्रम रोक्न चाहन्छ ।

अराघचीले स्पष्ट रूपमा युरेनियम संवर्धन कुनै पनि परिस्थितिमा इरानको लागि वार्ताको विषय नभएको बताएका छन् । उनले कुनै पनि देशलाई युद्धको धम्की दिए पनि इरानलाई के गर्ने भनेर बताउने अधिकार नभएको बताए ।

उनले यस क्षेत्रमा अमेरिकी सैन्य तैनाथी, जस्तै यूएसएस अब्राहम लिंकन विमान वाहकको उपस्थितिले इरानलाई रोक्न असफल हुने चेतावनी समेत दिएका छन् ।

अमेरिकालाई विश्वास गर्न गाह्रो भएको र वासिङ्टनले साँच्चै कूटनीतिक समाधान खोजेको छ कि छैन भन्ने कुरा स्पष्ट नभएको उनको दाबि थियो ।

उनले इरानले आफ्नो स्वतन्त्रता र मर्यादा उल्लङ्घन गर्ने कुनै पनि सम्झौतामा प्रवेश नगर्ने कुरा दोहोर्‍याए । पश्चिमी देशहरू र इजरायलले लामो समयदेखि इरानले आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउदै उनले इरानले यसलाई अस्वीकार गर्ने बताए ।

यसैबीच, अमेरिकाले इरान वरिपरि आफ्नो सैन्य शक्ति निरन्तर प्रदर्शन गरिरहेको छ। इरानसँगका अमेरिकी वार्ताकार स्टीव विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार जेरेड कुशनरले हालै युएसएस अब्राहम लिंकन विमान वाहकको भ्रमण गरेका थिए ।

इरान र अमेरिकाबीचको आणविक मुद्दामा फेब्रुअरी ६ मा ओमानमा वार्ता भएको थियो । ट्रम्पले त्यसलाई धेरै राम्रो भनेपनि वार्ता निष्कर्ष बिना टुंगिएको थियो ।

यद्यपि, वार्ताको तुरुन्तै पछि, ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमा नयाँ शुल्क लगाउने आदेश जारी गरे । इरानी तेल निर्यातमा संलग्न कम्पनीहरू र जहाजहरूमा पनि नयाँ प्रतिबन्धहरू लगाइयो । थप वार्ता अर्को साता हुने बताइएको छ ।

#IranStatement #UraniumEnrichment #NuclearProgram #GlobalPolitics #InternationalNews #MiddleEastUpdate #WorldAffairs #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages