आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: अमेरिकी डलर र दिनारको मूल्यमा गिरावट, अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए

 

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ।  तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका कतिपय मुद्राको विनिमयदर भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

हिजो अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर बढेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा  थियो।

यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ३० पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा  थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७३ रुपैयाँ  ९६ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ९३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ  ३७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३३ पैसा  थियो।

आज बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २३ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ  ३७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३३ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#ForexUpdate #ExchangeRateNepal #CurrencyNews #USDollar #Dinar #AustralianDollar #Euro #PoundSterling #FinancialUpdate #EconomicNews #NepalFinance #MarketTrend #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages