साम्यवाद र समाजवादी दर्शन विश्वबाटै असफल भइसक्योः राजेन्द्र लिङदेन

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले साम्यवादी र समाजवादी दर्शनहरु असफल भइसकेको टिप्पणी गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उहाँले सो कुरा बताउनुभएको  हो ।

अध्यक्ष लिङदेनलेसमाजवाद र साम्यवादको दर्शन असफल भई विश्वका ठूल्ठूला राष्ट्रहरु पनि संवद्र्धनवादतर्फ उन्मुख भइरहेको जिकिर समेत गर्नुभयो । उहाँले मुलुकलाई बनाउन पनि र बचाउन पनि संवद्र्धनवाद उपयुक्त विचारधारा भएकाले आफ्नो पार्टीले त्यसलाई अंगिकार गरेर अघि बढेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो,‘संवद्र्धनवाद यो केवल हामीलाई मात्रै ठिक लागेको दर्शन, विचार होइन । अहिले समाजवाद, साम्यवाद भनेको परम्पगत जो दार्शनिक अवधारणहरु छन् । समाज विभाजित थियो, विश्व विभाजित थियो । अब त्यो दार्शनिक मान्यताहरु असफल भईसकेर अब फेरि समाज कतातिर गईराखेको छ भने अब मेरो परम्परा, मेरो राष्ट्र प्रथम हो भन्ने मान्यतातर्फ संसार भईराखेको छ । र अहिले संसारका ठूल्ठूला देशहरु अहिले त्यो मान्यताबाट प्रेरित भएर अगाडि बढिराखेका छन । र  संसारमा यो संवद्र्धनवाद, जसलाई अनेक नाम दिएका होलान । अहिले यसको व्याख्याको सन्दर्भमा पनि यसो भन्दा पो ठिक हुन्छ कि भनेर हाम्रा पूर्ववक्ताहरुले भन्नुभयो । तर मूल रुपमा, सार रुपमा चाहीँ मेरो परम्परा, मेरो राष्ट्रप्रथम र , परिवर्तन चाहीँ अब निरन्तरता सहितको दिगो र टिकाउ हुन्छ । जग नबनाई छत बनाउने कुरा चाहीँ काम लाग्दैन । त्यसले राष्ट्रलाई क्षति पु¥याउँछ, समाजलाई क्षति पु¥याउँछ भन्ने मान्यता अहिले विकसित भइराखेको छ । र अब हामी सबैको बाटो संवद्र्धनबाद हो । देश बनाउने र बचाउने बाटो संवद्र्धन वाद हो ।’

त्यस अवसरमा अध्यक्ष लिङदेनले गैरआवासीय नेपालीहरुलाई वंशजको आधारमा नागरिकता दिन हिच्किच्याउनुपर्ने कुनै कारण नरहेको समेत बताउनु भयो ।

#RajendraLingden #PoliticalStatement #NepalPolitics #CommunismDebate #Socialism #PoliticalNews #NepalUpdates #NationalDiscussion #LeadershipViews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages