रोनाल्डोको गोलमा अल नासर विजयी

 

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो अल नासरमा फर्किएर खेलेको खेलमा गोल गर्दै जित दिलाएका छन् ।

गएराती सम्पन्न अल फातेहविरुद्धको खेलमा अल नासरले २-० गोलको जित हासिल गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र आयमान याहयाले एक एक गोल गरेका थिए ।

रोनालो यसअघि क्लब व्यवस्थापनप्रति असन्तुष्ट हुदै तीन खेलमा खेलेका थिएनन् । यस खेलमा फर्किना साथ उनले गोल गर्दै आफ्नो क्यारियरको गोल संख्या ९६२ गोल गरेका छन् ।

यो जितपछि अल नासरको २१ खेलमा ५२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको अल हिलाल एक अंकले अगाडी रहेको छ ।

त्यसैगरी अल फातेहको २१ खेलमा २४ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

#CristianoRonaldo #AlNassr #FootballUpdate #RonaldoGoal #Victory #SportsNews #FootballNepal #InternationalFootball #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages