

काठमाडौँ । नेपाली काँग्रेसले आज फागुन २१ गते हुने निर्वाचनको प्रतिज्ञा पत्र सार्बजनिक गर्न लागेको छ ।

काँग्रेस प्रवक्ता देव राज चालिसेका अनुसार आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम रहेको छ ।
त्यस्तै काँग्रेसले फागुन ६ गते मधेश प्रदेश कार्यसमितिको आयोजनामा जनकपुरमा हुने आमसभामा सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।
#काँग्रेस #प्रतिज्ञापत्र #ElectionManifesto #NepalPolitics #PoliticalUpdate #NepalNews #DemocracyNepal #NepalElection #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



