नेमकिपाको घोषणा पत्रः भ्रष्टाचारीको सम्पती राष्ट्रियकरण गरौं

 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिँदै पार्टीको चुनावी घोेषणा पत्र सार्वजनिक गरेको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका सचिव प्रेम सुवालले ठूला भ्रष्टाचारीहरुलाई मृत्युदण्डको सजाय गर्नुपर्ने कुरा समेत घोषणा पत्रमा उल्लेख गरिएको बताउनु भयो ।

घोषणा पत्रमा जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानून व्यवस्था खारेज गराउन र बुबाआमा दुवै वंशजको नेपाली नागरिकको छोराछोरीलाईमात्र वंशज नेपाली नागरिक हुने कानून व्यवस्थाका लागि संघर्ष चालु राखिने भनिएको छ । त्यसैगरी विश्वविद्यालयका कुलपति, रेक्टर, रजिष्ट्रारहरु, संवैधानिक आयोगका पदाधिकारी, सेना र प्रहरीका प्रमुख, न्यायालयका न्यायाधीशहरुको सम्बन्धित क्षेत्रबाट निर्वाचित गराएर नियुक्त गर्न आवाज उठाइने प्रतिवद्धता पनि गरिएको छ ।

सचिव सुवालले सर्वसाधारण जनतालाई थप सेवासहित स्वास्थ्य बीमाको उपचार प्रभावकारी बनाउन जोड दिइने बताउनु भयो । उहाँले सहकारीमार्फत घरघरमा काम गर्ने, कुटीर व्यवसाय, ससाना घरेलु र साना उद्योगको बन्दोबस्त गराउन सकेसहकारी संस्थाहरुमा भईरहेको ठगी नियन्त्रण हुने भएकाले सो काम गर्नका लागि पहल गरिने बताउनु भयो ।

कृषि उत्पादन बढाउन आवश्यक र सम्भव ठाउँहरुमा सिंचाईका नहरहरु बनाउन संघर्ष गरिने तथा  मल कारखाना र बीउबिजनको बन्दोबस्न गरिने संकल्प पनि घोषणा पत्रमा गरिएको छ ।

#नेमकिपा #घोषणापत्र #भ्रष्टाचारविरुद्ध #सम्पतीराष्ट्रियकरण #ElectionNepal #NepalPolitics #GoodGovernance #PoliticalUpdate #DemocracyNepal #NepalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages