पाकिस्तानले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

 

काठमाडौँ । आइसीसी टी-२० विश्वकपअन्तर्गत सबैभन्दा चर्चित प्रतिस्पर्धामा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा हुने यस खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै भारतले पहिला ब्याटिंग गर्ने भएको छ ।

Nepal life insurance

यस खेलमा खेलको परम्परा विपरित भारत र पाकिस्तानका कप्तानले हात नमिलाएर टस गरेका थिए ।

समुह ए मा रहेका दुवै देशले आफ्ना शुरुका २-२ खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेका छन् । रनरेटका आधारमा भारत शिर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।

विश्वकप शुरु हुदा पाकिस्तानले भारतविरुद्ध नखेल्ने घोषणा गरेपनि पछि आइसीसीसँग भएको वार्तापछि खेल्ने निर्णय गरेको हो ।

भारत र पाकिस्तान टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिले पटक १६ पटक आमने सामने भएका छन् । जसमा भारतले १३ पटक जित हासिल गरेको छ भने पाकिस्तानले ३ पटक जितेको छ ।

त्यस्तै दुवै देश टी-२० विश्वकपमा अहिलेसम्म ८ पटक खेलेका छन् जसमा भारत ७ पटक विजयी भएको छ भने पाकिस्तान एक पटक विजयी भएको छ । पाकिस्तानले एक मात्र खेल २०२१ को विश्वकपको समुह चरणमा जितेको थियो ।

भारतको टिम: अभिषेक शर्मा, इशान किशन, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल, हार्दिक पाण्ड्या, शिवम दुबे, रिंकु सिंह, जसप्रित बुमराह, कुलदीप यादव र वरुण चक्रवर्ती ।

पाकिस्तानको टिम: साइम अयूब, साहिबजादा फरहान (विकेट), सलमान आगा (कप्तान), बाबर आजम, उस्मान खान, शाडाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शाहिन शाह अफ्रिदी, उस्मान तारिक र अबरार अहमद ।

#T20WorldCup #IndiaVsPakistan #CricketLive #MatchUpdate #CricketNepal #SportsNews #CricketFans #ICCWorldCup #NepalSports #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages