भूमिहीन र सुकुम्बासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्छौं : सभापति लामिछाने

 

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यले कसैलाई पनि भूमिहीन बनाएर राख्न नसक्ने बताएका छन् ।

चुनावी सभाका क्रममा सोमबार चितवनको आपटारीमा सम्बोधन गर्दै उनले भूमिहीन र सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अब रास्वपाको एकल नेतृत्वमा शक्तिशाली सरकार बनेपछि भूमिहीन समस्या समाधानका लागि एक सशक्त आयोग गठन गरिने बताए । आयोगमा कुनै पनि दलका प्रतिनिधि नराखी दल बाहिरका विज्ञ व्यक्तिहरूलाई समावेश गरिने उनको भनाइ थियो ।

लामिछानेले भूमिहीन र सुकुम्बासीसँग सम्बन्धित समस्या वर्षौँदेखि राजनीतिक रूपमा प्रयोग मात्र हुँदै आएको उल्लेख गर्दै अब स्थायी समाधान आवश्यक रहेको धारणा राखे । ‘यो समस्या अब सदाका लागि अन्त्य हुन्छ,’ उनले प्रतिबद्धता जनाउँदै भने ।

उनले आगामी सरकारले नीतिगत, कानुनी तथा प्रशासनिक सुधारमार्फत वास्तविक भूमिहीनको पहिचान गरी न्यायोचित ढंगले व्यवस्थापन गर्ने स्पष्ट पारेका छन् ।

#भूमिहीन #सुकुम्बासी #RabiLamichhane #NepalPolitics #SocialJustice #LandReform #DevelopmentNepal #PoliticalCommitment #NepalNews #CurrentAffairs #Leadership #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages