घोषणापत्र सार्वजनिक गर्न मधेश झर्दै कांग्रेस : यी छन् मुख्य एजेन्डा

 

जनकपुरधाम – नेपाली कांग्रेसले फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश जनसभाको तयारी तीव्र बनाएको छ ।

मधेश केन्द्रित रहेको जनसभामा पार्टी सभापति गगनकुमार थापासहित केन्द्रिय समितिका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

Nepal life insurance

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समिति संयोजक नितेशकुमार गुप्ताका अनुसार कार्यक्रम जनकपुरधामको तीरहुतीया गाछिमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

जनसभा कार्यक्रमको प्रमुख अतिथि गगनकुमार थापा रहनेछन् भने मधेश प्रदेशका मुख्यमन्त्री एवं प्रदेशका सभापति कृष्णा प्रसाद यादवले अध्यक्षता गर्नेछन् ।

प्रचारप्रसार समिति संयोजक गुप्ताका अनुसार जनसभा कार्यक्रममा जेनजी युवाहरूको माग सम्बोधन सहितको प्रतिज्ञापत्र सार्वजनिक गरिनेछ । कांग्रेसले मधेशको मन जित्न प्रतिज्ञापत्र सार्वजनिक गर्नका लागि मधेशलाई रोजेको छ ।

कार्यक्रममा मधेश प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थिति रहने संयोजक गुप्ताले जानकारी दिए । उनले लाखौंको संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहने दाबी गरेका छन् ।

नेपाली कांग्रेसले चुनाव केन्द्रित तथा पार्टी र संगठन मजबुत बनाउने अभियान तहत मधेश जनसभा गर्न लागेको संयोजक गुप्ताले बताए । कार्यक्रम व्यवस्थापनका निम्ति जिल्ला तथा वडाका सभापतिहरुको विशेष बैठक नेपाली कांग्रेसको मधेश प्रदेश पार्टी कार्यालयमा बसेको छ ।

बैठकमा कार्यक्रम सफल एवं व्यवस्थित बनाउनका लागि जिम्मेवारी तोकिएको प्रचारप्रसार संयोजक गुप्ताले बताए । उनले मंगलबार आधिकारिक रूपमै तयारी सम्बन्धी पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताए ।

#मधेश #कांग्रेस #घोषणापत्र२०८२ #NepalPolitics #ElectionAgenda #PoliticalUpdate #DemocracyNepal #CongressCampaign #NepalNews #CurrentAffairs #PoliticalFocus #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages