महाशिवरात्रिमा पशुपति आएका साधुसन्तको बिदाई

 

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका साधुसन्तलाई बिदाइ गरिएको छ।

मंगलबार पशुपतिनाथ मन्दिर अगाडि गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई दक्षिणा दिएर बिदाइ गरेको हो । नेपाल र भारतका विभिन्न अखडाबाट आएका साधुसन्तलाई ५५१ देखि ११ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको छ ।

महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहि आएको छ । नागा बाबासहितका साधुसन्तलाई आ-आफ्नो पदवीका आधारका कार्ड वितरण गर्ने र त्यही अनुसार दक्षिणा दिने परम्परा रहेको छ ।

संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरिने प्रचलन रहेको छ । महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने गरेको छ ।

#MahaShivaratri #Pashupatinath #SadhuSant #धार्मिककार्यक्रम #हिन्दूधर्म #आध्यात्मिकयात्रा #संस्कृतिकपरम्परा #नेपालसमाचार #धार्मिकपर्यटन #पर्वमाहोल #समसामयिकघटना #नेपालसंस्कृति #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages

अन्य समाचारहरु