श्री चन्द्र प्रभा माध्यमिक विद्यालयमा शैक्षिक सुधारसम्बन्धी विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न: सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास र नीतिगत सुधारमा साझा प्रतिबद्धता (तस्बिर सहित )

 

-सन्तोष सुनार ,अर्घाखाची डट्कम ।

सन्धिखर्क, फागुन ५, २०८२ – श्री चन्द्र प्रभा माध्यमिक विद्यालय को आयोजनामा सन्धिखर्क–७ स्थित विद्यालय परिसरमा शैक्षिक सुधार, व्यवस्थापन सुदृढीकरण तथा भौतिक पूर्वाधार विकासका विषयमा विस्तृत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

Nepal life insurance

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्मलोचन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सन्धिखर्क–७ अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, शिक्षक अभिभावक संघका अध्यक्षहरू, जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of one or more people and temple

कार्यक्रमको प्रारम्भमा विद्यालयको वर्तमान शैक्षिक अवस्था, विद्यार्थी संख्या, उपलब्धि, चुनौती तथा आवश्यक सुधारका क्षेत्रबारे प्रस्तुतीकरण गरिएको थियो। सहभागीहरूले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, विद्यार्थी आकर्षण, शिक्षक व्यवस्थापन, अनुशासन, स्रोत व्यवस्थापन तथा दीर्घकालीन शैक्षिक योजनाबारे आफ्ना धारणा राखेका थिए।

May be an image of one or more people


बैठकका मुख्य निर्णयहरू-
१. सामुदायिक विद्यालयप्रति विश्वास अभिवृद्धि

बैठकले सार्वजनिक पद धारण गरेका शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरूका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै अध्ययन गराउने विषयमा पहल गर्ने निर्णय गरेको छ। यस निर्णयले सामुदायिक विद्यालयप्रति जनविश्वास बढाउने र शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

May be an image of one or more people and temple

२. भौतिक तथा शैक्षिक पूर्वाधार सुदृढीकरण

विद्यालयको भवन मर्मत, कक्षा कोठा व्यवस्थापन, शौचालय सुधार, खानेपानी तथा सूचना–प्रविधि सामग्री व्यवस्थापन लगायतका क्षेत्रमा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
यस सन्दर्भमा सुपादेउराली संरक्षण समिति मार्फत विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार सुधारका लागि वार्षिक रूपमा आवश्यक बजेट माग गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ।

३. आर्थिक सहयोग सम्बन्धी प्रस्ताव

सन्धिखर्क–७ मा अवस्थित सुपादेउराली मन्दिर बाट विभिन्न विद्यालयहरूको भौतिक सुधारका लागि आर्थिक सहयोग माग गर्ने निर्णय गरिएको छ। प्रस्तावित सहयोग रकम निम्नानुसार रहेको छ:

  • श्री चन्द्र प्रभा माध्यमिक विद्यालय – रु. २,००,०००

  • श्री भगवती प्राथमिक विद्यालय – रु. १,००,०००

  • श्री मुक्ति प्राथमिक विद्यालय – रु. १,००,०००

  • श्री जनजीवन प्राथमिक विद्यालय – रु. १,००,०००

  • श्री गणेश प्राथमिक विद्यालय – रु. १,००,०००

उक्त सहयोग रकम विद्यालयका आवश्यक भौतिक सुधार तथा शैक्षिक सामग्री व्यवस्थापनमा खर्च गरिने जनाइएको छ।

May be an image of one or more people and temple

४. आचारसंहिता तथा शैक्षिक योजना निर्माण

बैठकले विद्यालयस्तरमा आचारसंहिता निर्माण गर्ने, दीर्घकालीन शैक्षिक विकास योजना तयार गर्ने, अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्ने तथा नियमित अनुगमन प्रणाली विकास गर्ने निर्णय गरेको छ।

कार्यक्रमले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक, व्यवस्थापन समिति, जनप्रतिनिधि तथा स्थानीय समाजबीच सहकार्य, पारदर्शिता र उत्तरदायित्व अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

बैठकमा सहभागीहरूले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी, गुणस्तरीय र प्रविधिमैत्री बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

विद्यालय प्रशासनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै शैक्षिक वातावरण सुदृढीकरणमा ठोस कदम चालिने जनाएको छ।

#सन्धिखर्क #शिक्षासुधार #सामुदायिकविद्यालय #अर्घाखाँची #सुपादेउराली #विद्यालयविकास #नेपालशिक्षा #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages