रास्वपाको आज धनगढीमा सभा, रवि र बालेनले सम्बोधन गर्दै

 

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा सभा गर्न लागेको छ ।

रास्वपाले धनगढीमा गर्ने यो सभामा बिहान ११ बजे सुरू भएर दिउँसो १ बजे समापन हुने बताएको छ । यस सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

रास्वपाले धनगढीबाट शुरु गर्ने यस चुनाव सभापछि सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ।

#रास्वपा #धनगढीसभा #रविलामिछाने #बालेनशाह #राजनीतिकअपडेट #नेपालराजनीति #समसामयिकघटना #मुख्यसमाचार #राजनीतिकसभा #देशसमाचार #नेपालसमाचार #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages