अमेरिकाले २४ घण्टामा ५० भन्दा बढी लडाकु विमान पश्चिम एसिया पठाएको दाबी

 

काठमाडौँ । अमेरिका र इरान बीचको तनाव थप चर्किँदै गएको छ । प्रारम्भमा अमेरिकाले पश्चिम एसियामा दुई युद्धपोत तैनाथ गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको आशंका बढेको थियो ।

पछिल्लो २४ घण्टाभित्र अमेरिकाले ५० भन्दा बढी लडाकु विमान पनि पश्चिम एसियातर्फ पठाएको जनाइएको छ । यसलाई इरान वरिपरि नौसैनिक र वायुसेनाको उपस्थिति बढाएर दबाब सिर्जना गर्ने कदमका रूपमा हेरिएको छ । गत साता अमेरिकाले आफ्नो सबैभन्दा ठूलो युद्धपोत युएसएस गेराल्ड आर फोर्डलाई पश्चिम एसियामा पठाएको थियो भने युएसएस अब्राहम लिंकन पहिलेदेखि नै उक्त क्षेत्रमा तैनाथ छ ।

यता इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेई ले सामाजिक सञ्जालमार्फत अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्- ‘अमेरिकाले इरानतर्फ युद्धपोत पठाएको भनिरहेको छ । युद्धपोत खतरनाक हुन सक्छ, तर त्यसलाई समुद्रको गहिराइमा डुबाउन सक्ने हतियार अझ खतरनाक हुन्छ ।’

यसैबीच जेनेभामा जारी अमेरिका-इरान वार्तामा केही प्रगति भएको बताइएको छ, तर अझै धेरै विषयमा विस्तृत छलफल हुन बाँकी छ ।

खामेनेईले इरानको आणविक कार्यक्रमबारे पनि धारणा सार्वजनिक गर्दै आणविक ऊर्जा प्रयोग गर्ने अधिकार प्रत्येक देशको स्वाभाविक अधिकार भएको उल्लेख गरेका छन् । उनले अन्तर्राष्ट्रिय दिशानिर्देशमा समेत यस अधिकारको व्यवस्था रहेको भन्दै अमेरिकाले हस्तक्षेप गर्नु उपयुक्त नभएको बताएका छन् ।

#अमेरिकासेना #लडाकुविमान #पश्चिमएसिया #अन्तर्राष्ट्रियसमाचार #सैनिकअपडेट #विश्वसमाचार #समसामयिकघटना #रक्षासमाचार #वैश्विकतनाव #मुख्यसमाचार #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages