सुदूरपश्चिमका मतदातामाझ बालेनले भनेः भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताउनुभएको छ ।

बुधवार धनगढीमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।

May be an image of one or more people, dais and text

वरिष्ठ नेता साहले आफूहरु भोट माग्न नभई जनतासँग काम माग्नका लागि आएको जिकिर समेत गर्नुभयो । उहाँले आफ्नो पार्टीले सुदूरपश्चिमलाई बनाउने आश्वासन समेत दिनुभयो ।

May be an image of one or more people, speaker and crowd

राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट नदिएपनि कामको लिष्ट दिए हुने वरिष्ठ नेता साहको भनाई थियो । सो पार्टीका प्रधानमन्त्रीका उम्मेदवार समेत रहनुभएका साहले आँखाबाट चश्मा खोल्दै आफ्नो आँखा नभई काम हेर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

images

उहाँले भन्नुभयो,‘तपाईहरुलाई यहाँ आएर भेट्न पाइयो । धेरै खुशी लाग्यो । म धेरै बोल्ने मान्छे होइन ।. राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग भोट माग्न आएको होइन, काम माग्न हो । काम दिनुस् है । तपाईंहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो । के के काम छ, हाम्रा उम्मेदवारहरुलाई हाम्रा पार्टीका मान्छेहरुलाई हाम्रो काम यो हो भनेर लिष्ट दिनु । भोट नदिएपनि हुन्छ बरु, कामको लिष्ट दिनू । काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । आँखा हेर्नु पर्दैन काम हेरे हुन्छ, हामी काम गरेर देखाउँछौँ ।’

May be an image of one or more people and dais

images

वरिष्ठ नेता साहले गरिबको पक्षमा आफूहरुले काम गर्ने समेत बताउनु भयो ।

#बालेनशाह #सुदूरपश्चिम #मतदाता #कामकोलिष्ट #नेपालराजनीति #स्थानीयविकास #जनसेवा #समसामयिकसमाचार #मुख्यसमाचार #नेतृत्व #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

images

Nepal life insuranceimagesimages