

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकीको विनिमयदर स्थिर छ। अस्ट्रेलियन डलरको विनिमयदर घट्दा युरो, पाउन्ड र कुबेती दिनारको भने बढेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४७६ रुपैयाँ १९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ६५ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#विदेशीमुद्रा #विनिमयदर #युरो #पाउन्ड #अस्ट्रेलियनडलर #अर्थतन्त्र #नेपालअर्थव्यवस्था #मुद्रामार्केट #समसामयिकसमाचार #मुख्यसमाचार #वित्तसमाचार #बैंकिङअपडेट #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



