भारतको टी-२० विश्वकपमा लगातार चौथो जित

 

काठमाडौँ । भारतले जारी टी-२० विश्वकपमा लगातार चौथो जित हासिल गरेको छ ।

गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले नेदरल्याण्डसलाई १७ रनले पराजित गरेको हो । भारतले दिएको १९४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २० ओभरमा ७ विकेट गुमाउदै १७६ रन बनाएको हो ।

यसअघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो ।

योसँगै भारतले लगातार ४ खेल जितेर ८ अंकसहित समुहमा शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै नेदरल्याण्डसको भने ४ खेलमा एक जित र ३ हारसहित २ अंक हासिल गरेर समुह चरणबाट विश्वकप यात्रा समाप्त भएको छ ।

समुह ए बाट भारत र पाकिस्तान सुपर आठमा पुगेका छन् ।

#भारत #टी२०विश्वकप #क्रिकेटसमाचार #लगातारचौथोजित #खेलकुद #विश्वकप२०२६ #क्रिकेटअपडेट #समसामयिकसमाचार #मुख्यसमाचार #स्पोर्ट्सन्यूज #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages