राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीद्वारा सन्धिखर्क-७ खाचिकोटमा निर्वाचन परिचालन सम्पर्क कार्यालय शुभारम्भ (तस्बिर सहित )

 

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीद्वारा सन्धिखर्क-७ मा निर्वाचन परिचालन सम्पर्क कार्यालय शुभारम्भ

अर्घाखाँची– आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले आज सन्धिखर्क नगरपालिका वडा नम्बर ७ मा आफ्नो निर्वाचन परिचालन सम्पर्क कार्यालयको औपचारिक शुभारम्भ गरेको छ।

May be an image of one or more people, sherpa coat and text

यस कार्यालयको स्थापनासँगै रास्वपाले अर्घाखाँचीमा आफ्नो चुनावी गतिविधिहरूलाई थप प्रभावकारी बनाउने संकेत दिएको छ।

May be an image of one or more people

पार्टीका नगर अध्यक्ष राजु खड्काको प्रमुख उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

May be an image of one or more people and mountain

अध्यक्ष खड्काले कार्यालय शुभारम्भ गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै एकजुट भएर लाग्न आह्वान गरे। उनले यस कार्यालयले मतदाता र पार्टी कार्यकर्ताबीच समन्वय स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

May be an image of one or more people and people smiling

यस सम्पर्क कार्यालयमार्फत रास्वपाले निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्ने, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने र पार्टीका उम्मेदवारहरूको प्रचारप्रसारलाई व्यवस्थित गर्ने योजना बनाएको छ।

May be an image of one or more people

निर्वाचन नजिकिँदै गर्दा दलहरूले आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेका बेला रास्वपाको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

#रास्वपाअर्घाखाँची #निर्वाचन२०८२ #सन्धिखर्क #राजनीति

Nepal life insuranceimagesimages

अन्य समाचारहरु