डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको नेतृत्वमा सरकार बनेपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको महलमा दोजर चल्ने बताउनुभएको छ ।
कर्णालीमा बिहीवार आयोजित वाचापत्र सार्वजानिक कार्यक्रमा उहाँले रास्वपा सरकार आएमा गरिब बस्तीको उठीवास लगाउने र डोजर चलाउने भन्दै जनतालाई तर्साउने प्रयास भइरहेको आरोप लगाउनु भयो ।

उहाँले डोजर चलेमा सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्ने भन्दै गरिबको बस्तीले चिन्ता गर्न नपर्ने बताउनु भयो । सभापति लामिछानेले रास्वपाले कसैलाई बेघरबार बनाउने काम नगर्ने दाबी गर्नुभयो । विस्थापित नगरी व्यवस्थापन गर्ने नीति लिने उहाँको भनाई छ । भूमिहीन समस्याको समाधान गर्न शक्तिशाली र स्वतन्त्र आयोग गठन गर्ने उहाँले बताउनु भयो ।

उहाँकाअनुसार आयोगमा पार्टीका कारिन्दा नभई स्वतन्त्र मानिसहरू हुनेछन् । आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने उहाँले बताउनु भयो । कानूनले अन्याय गरेको महशुस भएमा संसदबाट संशोधन गरेर भएपनि अधिकार दिलाउने उहाँले प्रतिवद्धता जनाउनु भयो । उहाँले रास्वपा प्रश्नहरूको सामना गर्न डराएको आरोपको खण्डन गर्दै जनताका प्रश्नको जवाफ घरदैलोमै दिएको जिकिर गर्नुभयो । उहाँले प्रश्न सोध्ने ठेक्का पनि जनताले नै लिने भएकोले कसैले लिनु नपर्ने बताउनु भयो । उहाँकाअनुसार जनताले घरघरमा प्रश्न सोधेका छन्, रास्वपाका उम्मेद्वारले उत्तर दिएका छन् । उहाँले अब केवल जवाफ दिने नभई समाधान दिने समय आएको बताउन ुभयो । पाँच वर्षे स्थायी सरकारमार्फत विधिको शासन, कानूनी राज्य र सुशासन स्थापना गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । रास्वपा विधि र लोकतान्त्रिक मूल्य–मान्यतामा अडिग रहने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘प्रश्नहरुको सामना गरेन, डिभेडमा भाग लिएन भन्ने प्रश्न आएको छ । प्रश्न सोध्ने ठेक्का कसैले नलिए हुन्छ, जनताको प्रश्न जनताले सोध्छन्, घरघरमा सोधेका छन्, जवाफ दिएका छोँ हामीले । प्रश्नको ठेक्का हामीले सकैलाई दिएका छैनौँ । रास्वपाको उम्मेद्वारहरुले जनताको प्रश्नको उत्तर हरेक क्षेत्रमा दिइरहेका छन् । प्रश्नको ठेक्का पनि नलिए हुन्छ, लोकतन्त्रको ठेक्का पनि नलिए हुन्छ, कसैले । हामीलाई थाहा छ, प्रश्नको उत्तर त धेरैले दिए अब प्रश्नको उत्तर होईन, समाधान दिने हो । समाधानको लागी ५ वर्षको स्थायी सरकार, विधिको शासन बसाउँछौँ, थिति बसाल्छौँ, कानूनी राज्य स्थापना गर्छौँ, गतल गर्न पाइँदैन, गलत गर्दैर्नौँ । आँट र शाहसका साथ हामी उभिएका छौँ । ढंग पु¥याएर विना प्रतिसोध देशलाई अगाडी बढाउनेछौँ । कतिपय मानिसहरुलाई तर्साउने काम भएको छ, हाम्रो सरकार आएमा डोजर लगाउँछ, उठीवास लगाउँछ भर तर्साउन खोजिएको छ । कोही पनि आतिनु पर्दैन । डोजर चल्यो भने सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीले चिन्ता गर्न पर्दैन । विस्थापित हुँदैन, व्यवस्थापित हुन्छ । व्यवस्थापन हामी गर्छौ । भुमीहीन साथीहरुको कुरा यहाँ आएको छ, हामी शक्तिशाली आयोग बनाउँछौँ, त्यो आयोगमा स्वतन्त्र मानिसहरु हुनेछन, पार्टीका कारिन्दा हुनेछैनन् । तीनले दिएको रिपोर्टलाई कार्यन्वयन गर्नेछोँ । रास्वपाले कसैलाई पनि बेघरबार बनाउने काम गर्देन । कानुनले जे भन्छ, हामी त्यही गर्छौ । कानुनले तपाईलाई थिचोमिचो गरेको रहेछ भने संसदमा फेरेर भएपनि तपाईको अधिकार दिलाएर छाड्छौँ ।’ 

उहाँले रास्वपाको पराराष्ट्र नितिप्रति पनि कसैले चिन्ता लिईराख्न जरुरी नभएको बताउनु भयो । रास्वपाले असंलग्न परराष्ट्रनीतिअनुसार सबै देशसँग समान व्यवहार गरी सम्बन्ध विस्तार गर्ने उल्लेख गर्नुभयो ।

#रविलामिछाने #भ्रष्टाचारविरुद्ध #गरिबकोहक #डोजरनीति #रास्वपा #नेपालराजनीति #राष्ट्रियसमाचार #राजनीतिकअपडेट #मुख्यसमाचार #समसामयिकसमाचार #NepalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages