

पाणिनी स्थित अन्तर विद्यालय स्तरीय आठौ राष्ट्रपति रनिंग सिल्ड प्रतियोगिता दुर्गाफाँटमा संचालन ।
-डीआरजि सुमन , पाणीनी।
पाणिनीमाआठौ राष्ट्रपति रनिंग सिल्ड प्रतियोगिता अन्तर्गत उद्घाटन सत्रका खेल दुर्वाशेस्वर मावि मा सुरु भएका छन । पाणिनी गाँउ पालिका स्तरीय प्रतियोगितामा पाणिनी स्थित १६ वटै मावीवाट विभिन्न २४ खेलमा सहभागिता रहेको पाणिनी गाँउ पालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख तुल्सी न्यौपानेले जानकारी दिनु भएको छ ।


फागुन ७ विहिवार मध्यान सुरु भएको खेल विगतका वर्षमा जसरी अनेकानेक तामझाम नगरी पहिलो दिनको खेल दुर्वाशेस्वर मावी र वरकारुख खेल मैदानमा संचालन गर्दैगर्दा यस पटक पाणिनी गाँउ पालिका स्तरीय रनिंग सिल्ड व्यावस्थापन तथा निर्देशन समिति का अध्यक्ष द्वारा दुर्गाफाँटमा उद्घाटन भएको छ ।

वार्षिक रुपमा संचालन हुदै आएको यस प्रकारको प्रतियोगिता नियमित समय तालिका वनोजिम नै भएकोले माध्यमिक विद्यालयका खेल शिक्षक र विद्यार्थी को उत्साह पुर्ण सहभागिता रहेको थियो ।


पाणिनी गाँउ पालिका स्थित १६ वटै माद्यमिक विद्यालयका प्रधानाध्यापक द्वारा खेलाडीलाई प्रोत्साहित गर्दै शिक्षा शाखा ले निर्धारण गरेको स्थान र समयमा सक्रिय भूमिका निभाउदै सहयोग गरेकै कारण प्रतियोगिता संचालन गर्न सहजता महसूस भएको दुर्वाशेस्वर मावी का प्रधानाध्यापक रोमाकान्थ भट्टराईले जानकारी गराउनु भएको छ ।

पाणिनीको दुर्गाफाँटमा पहिलो दिन सुरु भएका खेल दोस्रो दिन पाणिनी ६ स्थित थामका चौर खेल मैदानमा संचालन गरिने सह आयोजक दुर्वाशेस्वर मावीका प्रधानाध्यापक भट्टराईले जानकारी गराउनु भएको छ ।
तस्वीर : अर्घाखाँची डटकम् ।















