

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गरेको छ । बिहीबार काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

कांग्रेसको दुई सय पृष्ठको प्रतिज्ञापत्रमा दिगो भौतिक पूर्वाधारमा जोड दिइएको छ। यसमा कांग्रेसले ‘दिगो पूर्वाधार, सबल अर्थतन्त्र, सुरक्षित भविष्य, विकसित नेपाल’ नारा दिएको छ।

आर्थिक वृद्धिलाई सघाउने, नागरिकको जीवनस्तर उकास्ने र क्षेत्रीय सन्तुलन काम गरी आधुनिक र दिगो पूर्वाधार निर्माण गर्न सडक, यातायात, आवास तथा सहरी विकास, उर्जा विकासका लागि काम गर्ने प्रतिबद्धता जनाइएको छ। कांग्रेसले पूर्वाधार विकासलाई नयाँ चरणमा लैजान लक्ष्य राखेको छ।
कांग्रेसले पूर्वाधार निर्माणमा खानेपानी, ढल, विद्युत्, दूरसञ्चार, इन्टरनेट, डीटीएच जस्ता सुविधाका लागि युटिलिटी करिडोर बनाउने प्रतिज्ञापत्रमा उल्लेख छ। विकास आयोजनाको काम तीन सिफ्टमा गर्ने पद्धतिलाई अगाडि बढाउने भएको छ।

यस्तै युवाहरूलाई रोजगारी, उद्यमशीलता र नयाँ सोचको विकासमा जोड दिँदै राष्ट्रिय विकासमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने, नेपाललाई डिजिटल रूपमा सुसम्पन्न बनाउन र डिजिटल सेवाहरूको पहुँच विस्तार गर्ने,नागरिकहरूको स्वास्थ्य, सुरक्षा र सामाजिक सुरक्षा सुनिश्चित गर्न नागरिकको निःशुल्क स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने कांग्रेसको योजना रहेको छ।
यस्तै कांग्रेसले गुणस्तरीय शिक्षा, स्वास्थ्य र पोषणमा विशेष जोड दिई नागरिकको जीवनस्तर सुधार गर्ने, सबै वर्ग, क्षेत्र, समुदायको समानुपातिक सहभागिता सुनिश्चित गरी समावेशी विकासमा जोड दिने, डिजिटल पूर्वाधार विस्तार गरी सेवाहरूको पहुँच बढाउने र डिजिटल अर्थतन्त्रलाई सुदृढ गर्ने प्रतिज्ञा गरेको छ ।
#नेपालीकांग्रेस #प्रतिज्ञापत्र #निर्वाचन२०८४ #राजनीतिकअपडेट #राष्ट्रियसमाचार #मुख्यसमाचार #नेपालराजनीति #ElectionManifesto #CongressPromises #NepalNews #समसामयिकसमाचार #PoliticalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



















