अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस आज मनाइदै

 

काठमाडौँ । हरेक वर्ष फेब्रुअरी २० तारिखमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

यस बर्षको अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको मुख्य विषयवस्तु ‘समावेशीतालाई सशक्त बनाउँदै सामाजिक न्यायका लागि अन्तर घटाउने’ भन्ने तय गरिएको छ । उक्त विषयवस्तु दक्षिण अफ्रिकी सरकार, ट्विन्कल र आरईएलएक्स दिगो विकास लक्ष्य स्रोत केन्द्रले पहिचान गरेका हुन् ।

यस वर्षको नाराले समाजका विभिन्न वर्गबीच रहेका असमानता, विभेद र अवसरको खाडल कम गर्दै समावेशी विकासमार्फत सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यलाई प्राथमिकता दिएको छ । विशेषगरी कमजोर, सीमान्तकृत तथा अवसरबाट वञ्चित समुदायलाई सशक्त बनाउने दिशामा विश्वव्यापी पहल आवश्यक रहेकोमा जोड दिइएको छ ।

सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्यायको दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुसार सदस्य राष्ट्रले बर्सेनि यो दिवस मनाउँदै आएका छन् । यो मानवजातिसँग अभिन्न रूपमा गासिएको दिवस हो । समाजका सबै सदस्य समान वा बराबर हुन् भन्ने धारणा नै सामाजिक न्याय हो ।

यस दिवसले गरिबी न्यूनीकरण, सम्मानजनक रोजगारी, लैङ्गिक समानता तथा सामाजिक समावेशीताजस्ता विषयमा विश्व समुदायलाई एकताबद्ध हुन आह्वान गर्दै आएको छ ।

#अन्तर्राष्ट्रियसामाजिकन्यायदिवस #SocialJusticeDay #EqualityForAll #HumanRights #JusticeForAll #GlobalAwareness #समसामयिकसमाचार #राष्ट्रियसमाचार #NepalNews #SocialAwareness #NepalToday #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages