जय ट्रफी आजदेखि, यी चार टिम खेल्दै

 

काठमाडौं । नेपाल क्रिकेट संह (क्यान) को आयोजनामा हुने दुई दिवसीय प्रतियोगिता जय ट्रफी आजदेखि शुरु हुदैछ । गत बर्षको प्रधानमन्त्री कपको शीर्ष ४ टोलीले प्रतिस्पर्धा गर्ने जय ट्रफी फागुन ८ देखि १९ सम्म काठमाडौंको टियू र मुलपानी मैदानमा आयोजना हुदैछ ।

तीन विभागीयसँगै स्थानीय बागमती प्रदेश यसपटक प्रतियोगितामा छनोट भएका छन् । जसमा विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र बागमती प्रदेश खेल्दैछन् ।

त्रिभुवन आर्मीको कप्तान विनोद भण्डारीले गर्दैछन् भने नेपाल पुलिस क्लबको कप्तानी आरिफ सेखले गर्दैछन् । त्यस्तै एपीएफ क्लबको कप्तानी राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले गर्दैछन् भने बागमती प्रदेशको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् ।

प्रतियोगिता अन्तर्गत फागुन ८ र ९ मा टियु क्रिकेट मैदानमा आर्मी र पुलिस क्लब खेल्ने छन् भने मुलपानी मैदानमा एपीएफ र बागमती खेल्ने छन् । त्यसैगरी फागुन ११ र १२ मा टियु क्रिकेट मैदानमा एपीएफ र नेपाल पुलिस क्लब खेल्ने छन् भने सोहि दिन मुलपानी मैदानमा बागमती र आर्मी खेल्ने तालिका छन् । त्यसैगरी फागुन १४ र १५ मा पुलिस क्लब र बागमती प्रदेश टियु मैदानमा तथा आर्मी र एपीएफ मुलपानी मैदानमा खेल्ने तालिका रहेको छ ।

यी खेलपछि शिर्ष दुई स्थानमा रहेने टिमबीच फाइनल खेल फागुन १७, १८ र १९  मा हुने क्यानले जनाएको छ । फाइनल खेल टियु क्रिकेट मैदानमा हुने छ भने सबै खेल बिहान साढे ९ बजे देखि शुरु हुने क्यानले जनाएको छ ।

गत सिजनको जय ट्रफी नेपाल पुलिस क्लबले जितेको थियो । पुलिस क्लबले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो ।

#जयट्रफी #CricketNepal #SportsUpdate #NepalCricket #राष्ट्रियसमाचार #मुख्यसमाचार #NepalNews #CricketTournament #समसामयिकसमाचार #TodayMatch #NepalSports #CricketFans #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages