चर्चित निर्वाचन क्षेत्र: म्याग्दीमा महावीर पुनले गर्दा ब्रिग्रियो दलहरुको गणित !

 

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक गण्डकी प्रदेशको एक मात्र निर्वाचन क्षेत्र भएको म्याग्दी जिल्ला पनि चर्चामा रहेको छ । यस क्षेत्रमा पूर्व शिक्षा मन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेकाले म्याग्दीका साबि ६ स्थानीय तहका मतदाताले मतदान गदैछन् । यस जिल्लामा बेनी नगरपालिकाका १० वडा, अन्नपूर्ण गाउँपालिकाका ८ वडा, धवलागिरी गाउँपालिकाका ७ वटा वडा, मङ्गला गाउँपालिकाका ५ वटा वडा, मालिका गाउँ पालिकाका ७ वटा वडा र रघुगङ्गा गाउँपालिकाका ८ वटा वडा रहेका छन् ।

निर्वाचन आयोगका अनुसार म्याग्दीमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ८६ हजार ३९७ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १२० मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन- २०७९ 

२०७९ को निर्वाचनमा म्याग्दीबाट नेपाली काँग्रेसका खम बहादुर गर्बुजा विजयी भएका थिए । गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो भएका नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १८९ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा काँग्रेसलाई माओवादी केन्द्रले समर्थन गरेको थियो ।

त्यसैगरी २०७९ को निर्वाचनमा म्याग्दीमा समानुपातिकतर्फ नेकपा एमालेले १८ हजार २७३ मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १३ हजार ६९३ मत पाएको थियो । त्यसैगरी माओवादी केन्द्रले ९ हजार ७० मत प्राप्त गरेको थियो भने रास्वपाले ३ हजार ५७९ मत पाएको थियो ।

उम्मेदवार- २०८२ 

यस पटक म्याग्दीमा एक स्वत्रन्त्रसहित दलहरुका गरेर कुल १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । पुर्व शिक्षामन्त्री महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेले पुन यस पटक पनि हरि कृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली काँग्रेसले यस पटक कर्ण बहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ भने नेकपाले अर्जुन बहादुर थापालाई उम्मेदवार बनाएको छ ।  त्यस्तै रास्वपाले जिल्ला सभापति युवराज रोक्कालाई उम्मेदवार बनाएपनि पछि रास्वपाले महावीर पुनलाई समर्थन गरेको छ ।

त्यसैगरी म्याग्दीमा राप्रपाले डम्भर बहादुर सुवेदी, जनमोर्चाले छेम बहादुर विक, प्रलोपाले देवेन्द्र कामी, श्रम संस्कृति पार्टीले विनोद रानालाई उम्मेदवार बनाएको छ ।

निष्कर्ष   

पुर्व शिक्षामन्त्री महावीर पुनले स्वतन्त्र उम्मेदवारी दिएपछि जिल्लामा दलहरुको अंक गणित डगमगाएको छ । रास्वपाको पनि समर्थन रहेकाले पुनको पक्षमा एक किसिमको लहर देखिएको छ । म्याग्दीका स्थानीयले पुनलाई स्वागत गर्दै चुनाव खर्च समेत दिइरहेका छन् । उनको सामना खासगरी प्रमुख दल काँग्रेस-एमाले-नेकपाले कसरी गर्छन भन्ने प्रश्न रहेको छ । पुनको प्रचार गर्ने शैली अहिले सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । उनले अहिले कुनै बाचा नगर्ने, चुनाव जितेमा जिल्लाप्रति प्रतिबद्ध भएर काम गर्ने, जनतालाई धोका नदिने, मन लागे मत दिन र नलागे नदिन भन्दै मतदाताको घर दैलोमा पुगिरहेका छन् ।

जिल्लामा विगतमा धेरै मत एमालेकै रहेको छ । गत निर्वाचनमा काँग्रेस-माओवादी केन्द्र एक ठाउमा आउदा काँग्रेस विजयी भएको थियो । तर यस पटक अवस्था परिवर्तन भएकाले तीन प्रमुख दललाई पुन भारी पर्न सक्ने विश्लेषण गरिएको छ ।

#MahabirPun #MyagdiElection #निर्वाचन२०८२ #PoliticalNews #NepalPolitics #ElectionUpdate #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #MyagdiNews #PoliticalAnalysis #ElectionNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages