आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: हिजो बढेको अस्ट्रेलियन डलर, युरो र दिनारको मूल्य आज कति?

 

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ।।

हिजो यी सबै मुद्राको विनिमयदर बढेको थियो।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा छ।

गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा छ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा छ।

आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा छ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#ForexUpdate #ExchangeRate #ForeignCurrency #AustralianDollar #Euro #Dinar #NepalEconomy #FinancialNews #BusinessUpdate #EconomicNews #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #CurrencyRate #ForexNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages

अन्य समाचारहरु