टी-२० विश्वकपको सुपर आठमा आज भारत र दक्षिण अफ्रिका आमने सामने

 

काठमाडौँ । जारी आईसीसी टी- २० विश्वकप २०२६ अन्तर्गत सुपर आठ अन्तर्गत आज भारत र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् । यो खेल भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउसो ७: १५ बजेदेखि हुदैछ ।

Nepal life insurance

जारी विश्वकपको समुह चरणका चार खेलमा भारतले चारै जितसहित समूह ए को शीर्ष स्थानमा रहेको थियो । उनीहरूले नामिबियालाई ९३ रनले पराजित गर्नुअघि अमेरिकामाथि २९ रनको जितबाट सुरुवात गरे । त्यस्तै पाकिस्तानविरुद्ध ६१ रनको जित हासिल गरे भने नेदरल्याण्ड्समाथि १७ रनको जितले समूह चरणको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको थियो ।

अर्को तर्फ दक्षिण अफ्रिका पनि समूह डी मा चारै जित हासिल गरेर अपराजित रहदै सुपर आठमा पुगेको हो । दक्षिण अफ्रिकाले क्यानडामाथि ५७ रनको जित हासिल गरेको थियो भने नाटकीय डबल सुपर ओभरमा अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसै न्युजील्याण्डलाई ७ विकेटले र युएईलाई ६ विकेटले पराजित गरेको थियो ।

भारत र दक्षिण अफ्रीकाबीच अहिलेसम्म टी-२० मा ३५ खेल भएका छन् । जसमा भारतले २१ खेल जितेको छ भने दक्षिण अफ्रिकाले १३ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।

भारतको अहिलेको टिममा सबैभन्दा उत्कृष्ट खेलाडी इशान किशन देखिएका छन् । उनले कोलम्बोको मुश्किल पिचमा पाकिस्तानविरुद्ध खेलेको इनिंगले उनको यस विश्वकपमा देखिएको लय उच्च तहको रहेको छ । उनले अहिलेसम्म यस विश्वकपमा ४४ को औसतले दुई अर्धशतकसहित १७६ रन बनाएका छन् । त्यस्तै भारतका बलर वरुण चक्रवर्तीको लगातार एकनासको प्रदर्शनले भारतलाई बलियो टिम बनाएको छ । उनले  ४ खेलमा ५.१६ को इकोनोमीमा ९ विकेट लिएका छन् ।

त्यस्तै दक्षिण अफ्रिकाका लागि कप्तान एडन मार्क्रमको आक्रामक ब्याटिंग महत्वपूर्ण रहेको छ । उनले यस विश्वकपमा १७८ रन बनाएका छन् । उनले न्यूजील्याण्डविरुद्ध अविजित ८६ रन बनाएका थिए भने क्यानडाविरुद्ध ५९ रन बनाएका थिए । त्यस्तै बलरमा लुंगी इंगिडीले चार खेलमा ८ विकेट लिएर राम्रो प्रदर्शन गरिरहेका छन् ।

सम्भावित प्लेइङ ११ : 

भारत:  इशान किशन (विकेटकिपर), अभिषेक शर्मा, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), हार्दिक पाण्ड्या, शिवम दुबे, रिंकु सिंह, अक्षर पटेल, अर्शदीप सिंह, वरुण चक्रवर्ती र जसप्रित बुमराह ।

दक्षिण अफ्रिका: एडेन मार्कराम (कप्तान), क्विन्टन डे कक (विकेटकिपर), रायन रिकेल्टन, डेवाल्ड ब्रेभिस, ट्रिस्टन स्टब्स, जेसन स्मिथ, जर्ज लिन्डे, कोर्बिन बोश, कागिसो रबाडा, एनरिक नोर्टजे र क्वेना माफाका ।

#T20WorldCup #Super8 #IndiaVsSouthAfrica #CricketMatch #CricketUpdates #SportsNews #WorldCup2026 #CricketFans #MatchDay #CricketHighlights #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #SportsNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages