मुगुमा कांग्रेस–एमालेलाई कडा चुनौती, नेकपा र रास्वपाको उभार

 

एक मात्र निर्वाचन क्षेत्र रहेको मुगुमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ ।

मुगुमा परम्परागत दुई शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले)लाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा चुनौती दिएका छन् ।

Nepal life insurance

मुगुमा यस पटक त्रिपक्षीय प्रतिस्पर्धामात्र नभई मत विभाजन र गठबन्धन विघटनको प्रत्यक्ष परीक्षण समेत हुने देखिएको छ ।
एक मात्र क्षेत्र रहेको मुगुकमा कांग्रेसबाट खड्गबहादुर शाही, एमालेबाट पूर्णबहादुर, रोकाया, नेकपाबाट चन्द्रबहादुर शाही र रास्वपाबाट भुवन टमाटा चुनावी मैदानमा छन् ।

२०७४ सालमा भएको प्रदेशसभा सदस्य निर्वाचनमा पराजित कांग्रेसका शाही अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धामा छन् ।एमालेका रोकाया निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख पनि छन् ।

नेकपाका शाही २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएका थिए । उनी २०७४ सालको प्रदेशसभा सदस्यमा निर्वाचित भएर कर्णाली प्रदेश सरकारमा कृषि तथा सहकारीमन्त्रीसमेत भइसकेका छन् ।

यस्तै अन्य उम्मेदवारहरू मैदानमा भएपछि पंतिस्पर्धामा यिनै दलहरू छन् । रास्वपाका टमाटा आफूलाई नयाँ अनुहारका रुपमा प्रस्तुत गरेका छन् भने अन्य पार्टीका नेताले पनि आफूहरुको जित सुनिश्चित भएको दाबी गर्दै मत मागिरहेका छन् ।

२०७९ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र), एकीकत समाजवादी र नेपाली कांग्रेसले गठबन्धन गर्दा कांग्रेसका ऐनबहादुर शाही विजयी भएका थिए ।

२०७९ सालको समानुपातिक मत परिणाम अनुसार मुगुमा एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी चौथो स्थानमा थिए । तर यस पटक चुनावी गठबन्धन नरहेकाले विगतको समीकरण पूर्णतः परिवर्तन हुने देखिएको छ । मुगुका युवा पुस्ताबीच प्रभाव पारेको रास्वपाले कुन दललाई क्षति पुर्‍याउँछ सोही अनुसार चुनावी परिणाम निर्धारण हुने विश्लेषण गरिएको छ ।

#MuguPolitics #NepalElection #CongressVsUML #Nekapa #RastriyaSwatantraParty #PoliticalUpdate #ElectionNews #ChunabiGanit #NepalPolitics #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #PoliticalRise #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages

अन्य समाचारहरु