अर्बौं खर्च भइसकेकाले अब चुनाव हुनु नै राम्रो छ, हामी विजयको तयारीमा छौंः अध्यक्ष ओली

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताउनुभएको छ । चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै उहाँले एमाले भने कुनै अल्मलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको स्पष्ट पार्नुभएको हो । अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशि खर्च भइसकेकोतर्फ ध्यानाकर्षण गराउनु भयो ।

उहाँले विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको बताउनु भयो । निर्वाचन स्थगित हुने हल्ला चले पनि एमाले नअल्मलिईकन अगाडि बढ्ने र चुनाव जित्नैपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दुधजस्तै उम्लिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अब चुनाव होस् भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ अहिले पनि । हुन्छ भनेर पनि धेरै प्रयास भइराखेका छन् । हुन्छ भने होस् जेसुकै होस्, तर हामी नअल्मलीकन चुनावको तयारीमा लाग्छौं । चुनावको विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ । जित्ने तयारीमा लाग्छौं । अब हामीले कुनै अल्मल गर्नु हुँदैन । ६ महिना हामीले कोशिस ग¥यौं । हामीले कोशिस गरिन्जेल कसैको घैंटोमा घाम लागेन । अब जब समय सिद्धियो त्यतिबेला अब चुनाव हुँदैन भनेर हुनु हुँदैन भनेर । देशको खर्च नहुनु पथ्र्यो अर्बौं खर्च त भई नै सक्यो। उम्मेदवारको खर्च नहुनु पथ्र्यो भई नै सक्यो । यत्रो म्यादी प्रहरी भनेर चुनावी प्रहरी डेढ लाखको संख्यामा भर्ना गरेर त्यसमा पनि खर्च भइसक्यो । उनीहरूलाई प्रारम्भिक तालिम । इत्यादि आवश्यक तालिम पनि दिइसकियो । अब कार्यक्षेत्रमा खटाई पनि सकियो । सबै कुरा भइसक्यो । निर्वाचन अब हुनु राम्रो हुन्छ । अर्को कुरा, सायद साह्रै उम्लिएको । सानो भाँडोमा दुध उमालेर राखेर तलबाट बेसरी चर्को आगो बाल्दिए जस्तै गरेर उम्लिएको कुनै आधार नभएको एउटा जोडजाम वाला पार्टी छ । साह्रै उम्लिएको थियो । जित्दैनौ भन्ने परेछ क्यारे अब अर्काका झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्न खोज्ने, अपमान गर्ने, बेइज्जत गर्ने त्यस प्रकारका कामबाट उसले क्रियाकलापहरू शुरु ग¥या छ ।’

विपक्षीहरूले अत्तालिएर वातावरण बिथोल्न खोजेको आरोप लगाउँदै ओलीले जस्तोसुकै परिस्थिति आए पनि एमाले निर्वाचनको तयारीबाट पछि नहट्ने र विजय हासिल गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

#KPSharmaOli #UML #NepalPolitics #Election2082 #PoliticalStatement #ChunabiTayari #NepalNews #PoliticalUpdate #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #ElectionNews #Balkot #OliSpeech #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages