अफगानिस्तान सीमा क्षेत्रमा पाकिस्तानको आक्रमण, फेरी तनाव बढ्यो

 

काठमाडौँ । पाकिस्तानले अफगानिस्तान सीमाक्षेत्रमा सातवटा आतंकवादी अड्डा र शिविरमाथि आक्रमण गरेको जनाएको छ ।

पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार कारबाही ‘फितना अल ख्वारिज’ सँग सम्बद्ध पाकिस्तानी तालिबान र उसका सहयोगी समूहहरू तथा इस्लामिक स्टेट अफ खोरासान प्रान्त (आईएसकेपी) का अड्डामाथि केन्द्रित थियो ।

पाकिस्तानले हालै देशभित्र भएका आत्मघाती हमलाको जवाफस्वरूप उक्त कारबाही गरिएको दाबी गरेको छ । ती हमलाहरू अफगानिस्तानस्थित नेतृत्व र ह्यान्डलरहरूको निर्देशनमा भएको पुख्ता प्रमाण रहेको उल्लेख गरिएको छ । साथै, अफगानिस्तानको भूमिबाट पाकिस्तानविरुद्ध गतिविधि हुन नदिन तालिबान सरकारसँग पटक-पटक आग्रह गरिए पनि ठोस कदम नचालिएको आरोप लगाइएको छ ।

यता अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजहिदले भने पाकिस्तानी सेनाले अफगानिस्तानको सीमा उल्लंघन गरेको आरोप लगाएका छन् । उनले नांगरहार र पक्तिका प्रान्तमा भएको बमबारीमा महिला र बालबालिकासहित दर्जनौँ निर्दोष नागरिकको मृत्यु तथा घाइते भएको दाबी गरेका छन् ।

दुवै पक्षका आरोप-प्रत्यारोपपछि सीमाक्षेत्रमा तनाव थप बढेको छ।

#PakistanAfghanistanBorder #BorderTension #InternationalNews #SouthAsiaConflict #GlobalUpdate #WorldNews #SecurityAlert #Geopolitics #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #RegionalCrisis #BreakingNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages