सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन भइरहेको बताउनुभएको छ ।

उहाँले भूमि, मालपोत र नापी जस्ता क्षेत्रहरू आम सर्वसाधारणको मुख्य सरोकारको विषय भएकोले यी क्षेत्रमा सुशासन कायम गर्नसके सकारात्मक सन्देश जाने र राजश्व पनि वृद्धि हुने धारणा राख्नुभएको हो । आईतवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री इङ्नामले विदेशमा नागरिक पलायन हुनुको कारक यहाँको सरकारी सेवा प्रभावकारी नहुनु पनि एक रहेको बताउनु भयो ।

भूमि, मालपोत, नापीमा सर्वसाधरणको सरोकार भएको ठाउँ भएको र ती अड्डाहरुमा घुसको लेनदेन हुँदा आम सर्वसाधरण निराश बनिररहेको उहाँको भनँइ छ । उहाँले भूमि, मालपोत, नापीमा सुशासन कायम राख्न जरुरी रहेको बताउनु भयो  । मन्त्री इङ्नामले भूमि मन्त्रालयले हालै जारी गरेको सर्कुलरको बारेमा पनि उल्लेख गर्दै यसले राजश्वमा करिव ५० अर्ब रुपैयाँको फरक पार्ने बताउनु भयो । मन्त्री इङ्नामकाअनुसार जग्गा खरिद विक्री गर्दा गर्ने रियल कारोबारको रकम र मालपोतमा गरिने कारोबारको रकम हेर्दा अधिकांश राजश्व छल्ने राजश्व मारा नै देखिएका छन् । उहाँकाअनुसार भूमि मन्त्रालयले भर्खरै एउटा सर्कुलर जारी गरेको छ । त्यसले राजस्वमा ५० अर्ब वृद्धि हुनेछ । जग्गा खरिदविक्रीमा हुने राजश्व छलीको विषयमा बोल्दै मन्त्री इङ्नामले वडामा दर्ता भएको तमसुक (लिखत) लाई आधार मानेर राजश्व असुल गर्न निर्देशन दिइएको स्पष्ट पार्नुभयो ।

Nepal life insurance

उक्त सर्कुलरअनुसार अब  यदि कुनै जग्गा खरिद विक्रीका लागि वडामा दर्ता गरेको तमसुकलाई आधार मानेर राजश्व असुल गर्न मालपोतसहितका सरोकारवाला  निकायहरुलाई निर्देशन दिइएको उहाँको भनाइ छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. इङ्नामले भन्नुभयो–‘अहिले दिनका दिन राज्यलाई गालि गर्दै, यहाँको प्रशासनलाई गाली गर्दै विदेशमा नागरिक पलायन भइरहेका छन् । विदेशमा नागरिक पलायन हुनुको कारक यहाँको सरकारी सेवा प्रभावकारी नहुनु पनि हो । भूमि, मालपोत, नापीमा सर्वसाधरणको सरोकार भएको ठाउँ हो । उद्योगपतिका लागि अरुअरु छन् । आयात गर्नेका लागि भन्सारहरु छन् । ठूलो कर तिर्नेका लागि कर कार्यालयहरु छन् । तर आम सर्वसाधरणका लागि भूमि नै हो । भूमि, मालपोत, नापीमा सुशासन कायम राख्न सकियो भने यसले सकारात्मक सन्देश दिन्छ । राजश्व पनि वृद्धि हुन्छ । भूमि मन्त्रालयले भर्खरै एउटा सर्कुलर गरेको छ । त्यसले राजस्वमा ५० अर्ब जति फरक पार्नेछ ।  अहिले उठेको भन्दा त्यति राजस्व वृद्धि हुनेछ । जग्गा खरिद विक्री गर्दा गर्ने रियल कारोबारको रकम र मालपोतमा गरिने कारोबारको रकम हेर्दा अधिकांश राजस्व छल्ने राजश्व मारा नै देखिदाँ रहेछन् । सिस्टमले बनाएको होला । त्यसले अहिले सर्कुलर गरेर यदी कुनै जग्गा खरिद विक्रिका लागि वडामा दर्ता गरेको जुन तमसुक छ । त्यसलाइ आधार मानेर राजश्व असुल गर्नु भनेर भनिएको छ । जग्गाको दम सरकारले तोकेको १० लाख होला, रियल कारोबार ५० लाख होला । उसले १० लाखको कर तिर्ला र काम खत्तम गर्छ । त्यसले गर्दा राजश्व समाप्त भएको छ । यस्तो स्थितिलाई हामीले करेक्सन गरेर लानुपर्छ । राज्यको उन्नती प्रगतिका लागि कर्मचारी तन्त्रले गरेको इमानदारीताले राज्यमा परिर्वतन हुनसक्छ । यो राज्यमा बस्न लायक, भरोसा गर्न लायक कमचारी प्रशासनले नै गराउनुपर्छ ।’

मन्त्री इङ्नामले राज्यको उन्नति र प्रगतिका लागि कर्मचारीतन्त्रको इमानदारीता महत्वपूर्ण हुने बताउनु भयो । उहाँकाअनुसार यो राज्यमा बस्न लायक, भरोसा गर्न लायक कर्मचारी प्रशासनले नै गराउनुपर्छ । सेवाग्राहीप्रति कर्मचारीको व्यवहारमा समेत आमुल सुधार आउनुपर्ने मन्त्री इङ्नाले बताउनु भयो । उहाँकाअनुसार कोही पनि सेवा ग्राहीलाई कर्मचारीले निराश पार्न हुँदैन । हुनसक्ने कामहरुमा निराश बनाउँदा पनि जनतामा निराशा चुलिएको छ । कर्मचारीतन्त्रले हुने काम  समयमै गरिदिनुपर्ने उहाँको भनाइ छ ।

#MinisterIngnam #NepalPolitics #GovernmentService #PublicAdministration #ForeignEmployment #NepalMigration #EconomicIssue #PolicyReform #NepalNews #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #PoliticalUpdate #DevelopmentNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages