अमेजनले वॉलमार्टलाई उछिन्यो !

 

काठमाडौँ । विश्व रिटेल बजारमा नयाँ युगको सुरुवात भएको छ । ई-कमर्स दिग्गज अमेजनले वार्षिक राजस्वका आधारमा वालमार्टलाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो कम्पनी बन्ने कीर्तिमान बनाएको छ । यस उपलब्धिले कम्पनीको आक्रामक विस्तारसँगै प्रविधि र क्लाउड कम्प्युटिङको बढ्दो प्रभावलाई पनि संकेत गरेको छ ।

हालै सार्वजनिक प्रतिवेदनअनुसार जनवरी ३१ मा समाप्त पछिल्लो १२ महिनामा वॉलमार्टले ७१३.२ अर्ब डलर बिक्री गरेको थियो । तर अमेजनले सन् २०२५ का लागि ७१७ अर्ब डलर राजस्व हासिल गरको छ । सन् १९९४ मा जेफ बेजोसले ग्यारेजबाट सुरु गरेको कम्पनी आज ७१७ अर्ब डलर वार्षिक बिक्री गर्ने स्तरमा पुगेको छ ।

विशेषज्ञहरूका अनुसार अमेजनको यो अग्रता शुद्ध खुद्रा व्यापारभन्दा बढी प्रविधि क्षेत्रको योगदान हो । कम्पनीको क्लाउड व्यवसाय ‘अमेजन वेभ सर्भिस ’ मुख्य आधार बनेको छ । यदि वेभ सर्भिसको राजस्व हटाउने हो भने अमेजनको बिक्री ५८८ अर्ब डलरमा सीमित हुने बताइएको छ । अर्थात् एआई र डेटा सेन्टरको विस्तारले अमेजनलाई यो स्थानमा पुर्‍याएको विश्लेषण गरिएको छ । पछिल्लो दशकमा अमेजनको राजस्व वृद्धि वॉलमार्टको तुलनामा करिब १० गुणा तीव्र रहेको तथ्यांकले देखाएको छ ।

दुवै कम्पनी एक-अर्काको मुख्य क्षेत्रमा प्रवेश गर्ने प्रयासमा छन् । ‘होल फुड्स’ खरिद गरेपछि पनि अमेजन खुद्रा स्टोर क्षेत्रमा विस्तारमा लागिरहेको छ भने वॉलमार्टले अनलाइन व्यापारलाई तीव्र बनाएको छ । अमेजनको एप र वेबसाइटमा हरेक महिना करिब २.७ अर्ब प्रयोगकर्ता पुग्ने बताइएको छ, जबकि वॉलमार्ट विश्वकै ठूलो भौतिक रिटेलरका रूपमा स्थापित छ ।

विश्लेषकहरुले अमेजनको यो सफलता असली नभएको टिप्पणी गरिएको छन्। उनका अनुसार अमेजनले वॉलमार्टलाई पारम्परिक रिटेल खेलमा होइन, वॉलमार्ट संलग्न नभएको क्लाउड व्यवसायमार्फत पछि पारेको हो ।

रिटेलमा अमेजन अग्रस्थानमा रहे पनि कुल बजार मूल्यका हिसाबले भने एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी रहेको छ ।  करिब ४.५ ट्रिलियन डलर मार्केट क्यापसहित एनभिडियाको मूल्य अमेजनभन्दा दोब्बर र वॉलमार्टभन्दा चार गुणा बढी रहेको छ ।

यता ब्लूमबर्ग बिलियनेयर्स सूचकांकअनुसार अमेजनका संस्थापक जेफ बेजोस २२८ अर्ब डलर सम्पत्तिसहित विश्वका चौथो धनी व्यक्ति रहेका छन् ।

#Amazon #Walmart #BusinessNews #GlobalMarket #Ecommerce #RetailIndustry #EconomicUpdate #WorldBusiness #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #MarketTrend #CorporateNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages