बलिवुडको ऐतिहासिक आरके स्टुडियोको पुनरागमन गराउने तयारीमा रणबीर कपुर

 

काठमाडौँ । बलिउड अभिनेता रणबीर कपुर र उनको परिवारले आफ्नो सिनेम्याटिक विरासत पुनर्जीवित गर्ने दिशामा महत्वपूर्ण कदम चालेका छन् । उनीहरूले मुम्बईको अन्धेरी इस्टस्थित ‘कनकिया वाल स्ट्रिट’ व्यावसायिक कम्प्लेक्समा पाँच तला २० वर्षका लागि लिजमा लिएर आरके स्टुडियोको नयाँ संस्करण स्थापना गर्ने तयारी गरेका छन् ।

ऐतिहासिक आरके स्टुडियोजका संस्थापक तथा रणबीरका हजुरबुवा राज कपुरले स्थापना गरेको मूल स्टुडियो चेम्बुरमा रहेको थियो । सन् २०१८ मा भीषण आगलागी र मर्मतसम्भारको बढ्दो चुनौतीका कारण उक्त स्टुडियो बिक्री गरिएको थियो । नयाँ लिज सम्झौतासँगै आरके ब्रान्डलाई आधुनिक पूर्वाधारसहित पुनःस्थापित गर्ने प्रयास थालिएको हो ।

पाँच तलामा अत्याधुनिक प्रोडक्सन तथा क्रिएटिभ हब निर्माण गरिनेछ । योजनाअनुसार भर्चुअल प्रोडक्सनका लागि साउन्डस्टेज, सम्पादन तथा पोस्ट-प्रोडक्सन सूट, स्क्रिनिङ रुम, भीएफएक्स सुविधा र कपुर परिवारको सिर्जनात्मक तथा प्रशासनिक टोलीका लागि छुट्टै कार्यालय रहनेछन् । साथै, आरकेसँग सम्बन्धित ऐतिहासिक सामग्री सुरक्षित राख्न अभिलेख कक्ष र आतिथ्य क्षेत्रसमेत बनाइने जनाइएको छ ।

लिजको आर्थिक विवरण सार्वजनिक नभए पनि आवश्यक स्वीकृति प्राप्त भएमा सन् २०२६ को मध्यतिर सञ्चालन सुरु हुन सक्ने बताइएको छ । नयाँ स्टुडियोमा एकैपटक फिल्म र विज्ञापन छायांकन गर्न सकिने गरी संरचना तयार गरिनेछ, जसले मुम्बईका अन्य प्रोडक्सन स्पेससँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

उद्योग विश्लेषकहरूका अनुसार यो पहल केवल अतीतको सम्मान मात्र नभई भारतीय सिनेमाको भविष्यमा रणनीतिक लगानी पनि भएको बताइएको छ । रणबीर कपुरका सम्भावित निर्देशन परियोजनाहरूका लागि पनि यही स्टुडियो आधार बन्न सक्ने संकेत दिएका छन् ।

#RanbirKapoor #RKStudio #Bollywood #IndianCinema #FilmIndustry #EntertainmentNews #CinemaHeritage #BollywoodUpdate #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #FilmRevival #CelebrityNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages