फिल्म ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक

 

काठमाडौँ ।आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राम नाम सत्य’को पहिलो गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको छ ।

लोकलयमा आधारित यस गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ भने डा. डीआर उपाध्यायको शब्द रचना तथा गायक गीत स्वयंको संगीत छ ।

सियोन श्रेष्ठको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी विराज भट्ट र सुपुष्पा भट्टको अभिनय रहको छ ।

एक्सनसहित प्रेम कथामा निर्माण भएको यस फिल्ममा विराज र सुपुष्पासहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, स्व. सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । चर्चित टिकटकर आयुषले यही फिल्मबाट डेब्यु गरेका हुन् ।

माइकल चन्दको कथा, पटकथा तथा निर्देशन रहेको यस फिल्ममा उपेन्द्र शाही र स्वेता विमली निर्मातामा छन् । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

गीत लिंक: 

https://youtu.be/Pm5eH2ADouU

#RamNamSatya #DhagoleBateko #NepaliMovie #NepaliSong #FilmSongRelease #EntertainmentNews #NepaliCinema #MusicLaunch #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #MovieUpdate #FilmPromotion #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages