उद्यम र पुनः लगानीमार्फत देश बनाऔं: व्यवसायीलाई रविले भने लगानी गर्नुस्, नाफा कमाउनुस् अनि फेरि लगानी गर्नुस्

 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाले बोक्नुपर्ने र ठोक्नुपर्ने कुनै उद्योगी व्यवसायी नरहेको स्पष्ट पारेका छन् ।

भरतपुर महानगरपालिका वडा नं ११ को घरदैलोको अवसरमा मतदातासँगको भेटमा सभापति लामिछानेले लगानी गर्न, नाफा कमाउन, रोजगारी सिर्जना गर्न र लगानी बढाउन उद्योगी व्यवसायी स्वतन्त्र रहेको बताए ।


उनले भने- ‘उद्योगी व्यवसायीलाई मेरो आग्रह छ– लगानी गर्नुस्, नाफा कमाउनुस्, रोजगारी सिर्जना गर्नुस् अनि मुनाफाको ठूलो अंश फेरि लगानी गर्नुस् ।’

CG

लामिछानेले मतदातालाई ढुक्क भएर रास्वपालाई मतदान गर्न पनि आग्रह गरे । ‘हामी सरकारमा हुँदा के गर्यौं देख्नु भएकै छ, हाम्रा सांसदहरुले संसदमा के गरे त्यो पनि देख्नु भएकै छ, त्यसैका आधारमा भोट दिनुस्, अब हामी थप काम गरेर देखाउँछौं।’

#RabiLamichhane #Entrepreneurship #InvestmentNepal #EconomicGrowth #BusinessMotivation #NepalPolitics #DevelopmentNepal #BusinessNews #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #EconomicReform #StartupNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages