आवासीय विद्यार्थीको सिकाइ सुधारमा टेकराज भुसालको पोषणयुक्त भोजन सहयोग

-अर्घाखाची डटकम सम्बाददाता।

अर्घाखाँची । भूमिकास्थान नगरपालिका- २ ढाकावाङ्गस्थित भगवती माध्यमिक विद्यालयले शैक्षिक वर्ष २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालन गरिरहेको आवासीय शिक्षण–सिकाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सामाजिक व्यक्तित्व टेकराज भुसालले पोषणयुक्त भोजन सहयोग प्रदान गर्नुभएको छ।

Nepal life insurance

भूमिकास्थान नगरपालिका–०२ निवासी, लुम्बिनी डेली तथा सुपादेउराली अनलाइनका सञ्चालकसमेत रहनुभएका भुसालले आवासीय कार्यक्रममा सहभागी विद्यार्थीहरूका लागि दुई दिन बराबरको पोषणयुक्त खाना उपलब्ध गराउनुभएको हो।

यस सहयोगले विद्यार्थीहरूको शारीरिक सुदृढता मात्र नभई, मानसिक एकाग्रता र अध्ययन क्षमतामा समेत उल्लेखनीय सकारात्मक प्रभाव पार्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।

आवासीय विद्यार्थीहरूको नियमित खानपानमा सहयोग पुग्दा उनीहरूको ऊर्जा, ध्यान र सिकाइ परिणाममा प्रत्यक्ष सुधार देखिने विद्यालयकाे भनाइ छ। यस्तो समयमा गरिएको सामाजिक योगदानले शिक्षण–सिकाइ कार्यक्रमलाई अझ सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

विद्यालय प्रशासनले आवासीय शिक्षण कार्यक्रमलाई सफल बनाउन गरिएको यस प्रकारको उदाहरणीय सामाजिक सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सहकार्य र सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेको छ। स्थानीय समुदायबाट शिक्षाको गुणस्तर उकास्न गरिएको यो प्रयास अनुकरणीय र प्रेरणादायी रहेको विद्यालयको निष्कर्ष छ।

#TekRajBhusal #StudentSupport #EducationNepal #NutritionProgram #SocialWork #LearningImprovement #CommunitySupport #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #EducationalInitiative #HealthAndEducation #SocialContribution #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages