मालारानी–३ मा कांग्रेसको घरदैलो अभियान तीव्र, निर्मला क्षेत्रीको नेतृत्वमा अनुगमन तथा परिचालन सक्रिय

मालारानी–३ मा कांग्रेसको घरदैलो अभियान तीव्र, निर्मला क्षेत्रीको नेतृत्वमा अनुगमन तथा परिचालन सक्रिय

 

अर्घाखाँची । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु प्रसाद खनाल “मुस्कान” लाई विजयी गराउने उद्देश्यले मालारानी गाउँपालिकाका सम्पूर्ण वडाहरूमा अनुगमन, मूल्याङ्कन, तथ्याङ्क संकलन तथा परिचालन कार्यलाई तीव्रता दिइएको छ।

यसै सन्दर्भमा नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीलाई संयोजकको जिम्मेवारी प्रदान गरिएअनुसार आज मालारानी गाउँपालिका–३ आरुबुटा लगायतका क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमका क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट, जनसंवाद तथा चुनावी एजेण्डाबारे जानकारी गराउँदै कांग्रेसको पक्षमा समर्थन जुटाउने कार्य गरिएको थियो। संयोजक क्षेत्रीले जनताको विश्वास जित्दै विकास, सुशासन र समृद्धिका लागि खनाललाई विजयी गराउन अपिल गर्नुभएको थियो।

स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक सहभागिताले मालारानीमा कांग्रेसको माहोल थप सशक्त बन्दै गएको जनाइएको l

 

#NepaliCongress #Malarani3 #HouseCampaign #NirmalaChhetri #PoliticalCampaign #NepalPolitics #ElectionUpdate #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #LocalPolitics #CongressActivity #GrassrootMovement #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages

अन्य समाचारहरु