काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २४ घाइते

 

पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ यात्री घाइते भएका छन्।

आज (सोमबार) बिहान करिब १:३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका-५,भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो।

हालसम्म दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।

घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए।

मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण खुलेको छैन।

घटनास्थलमा तीनवटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमान्डमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको उनले जानकारी दिए। रासस

#BusAccident #TrishuliRiver #KathmanduRoute #NepalAccident #BreakingNews #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #RoadSafety #AccidentUpdate #EmergencyResponse #SadNews #TravelNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages