

काठमाडौँ । डेनमार्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउने भनिएको अस्पताल जहाज (हस्पिटल शिप) अस्वीकार गरेको छ । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सन र रक्षा मन्त्री ट्रयल्स लुन्ड पल्सनले ग्रीनल्यान्डलाई कुनै बाह्य स्वास्थ्य सेवाको आवश्यकता नरहेको स्पष्ट पारेका हुन् ।

राष्ट्रपति ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्यान्डमा ‘उत्कृष्ट अस्पताल जहाज’ पठाइने बताएका थिए । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’मार्फत उक्त जहाज स्वास्थ्य सेवाबाट वञ्चित व्यक्तिहरूको उपचारका लागि पठाइएको दाबी गरेका थिए ।

तर रक्षा मन्त्री पल्सनले डेनिश प्रसारक डीआरसँग कुरा गर्दै ग्रीनल्यान्डका नागरिकले आवश्यक उपचार स्वदेशमै वा विशेष उपचारका लागि डेनमार्कमै प्राप्त गर्ने व्यवस्था रहेको बताए । ‘ग्रीनल्यान्डमा कुनै विशेष बाह्य स्वास्थ्य पहलको आवश्यकता छैन,’ उनले भने । डेनमार्क सरह ग्रीनल्यान्डमा पनि स्वास्थ्य सेवा निःशुल्क रहेको र त्यहाँ पाँच क्षेत्रीय अस्पताल सञ्चालनमा रहेको जानकारी उनले दिए । राजधानी नुउकस्थित अस्पतालले सम्पूर्ण क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रधानमन्त्री फ्रेडरिक्सनले फेसबुकमार्फत आफ्नो देशको स्वास्थ्य प्रणालीको प्रशंसा गर्दै सबैका लागि समान र निःशुल्क उपचार उपलब्ध हुनु गर्वको विषय भएको उल्लेख गरिन् । उनले ग्रीनल्यान्डमा पनि यही व्यवस्था लागू रहेको बताएकी छन् ।
रक्षा मन्त्री पल्सनले अस्पताल जहाजबारे औपचारिक जानकारी आफूलाई प्राप्त नभएको पनि बताए । उनले ग्रीनल्यान्ड सम्बन्धी ट्रंपका निरन्तर अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको नयाँ प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरे ।
यसअघि ग्रीनल्यान्ड सरकारले कोपेनहेगनसँग सम्झौता गर्दै आफ्ना नागरिकलाई डेनमार्कका अस्पतालमा गुणस्तरीय उपचार उपलब्ध गराउने व्यवस्था मिलाएको थियो । साथै, हालै डेनमार्कको आर्कटिक कमान्डले नुउक तट नजिकै एक अमेरिकी पनडुब्बीका चालकदल सदस्यको आकस्मिक स्वास्थ्य समस्यामा सहयोग गरेको पनि जनाइएको छ ।
#GreenlandNews #TrumpUpdate #DenmarkPolitics #InternationalNews #GlobalAffairs #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #WorldUpdate #DiplomaticRelations #GlobalPolitics #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



