आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: अस्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो

 

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर,  अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ।

हिजो अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका कतिपय मुद्राको विनिमयदर भने बढेको थियो।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा  थियो।

Nepal life insurance

गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७५ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७० पैसा  थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३० पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#ForexUpdate #ExchangeRateNepal #ForeignCurrency #DollarRate #EuroRate #PoundRate #DinarRate #AustralianDollar #EconomicNews #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #BusinessNews #FinanceNepal #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages