ठूला भष्ट्राचारहरूको फाइल खोल्ने जनताले निर्णय गर्ने दिन फागुन २१ गते होः रवि लामिछाने

 

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले रास्वपाको सरकार बनेपछि २०४६ सालपछिका सबै काण्डहरुको छानबिन गर्ने बताएका छन्।

सोमबार  हेटौँडामा चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले फागुन २१ पछि बन्ने रास्वपा सरकारले सबै काण्डहरूको छानबिन गर्ने बताएका हुन्।

Nepal life insurance

जसका लागि देशभरबाट रास्वपाका उम्मेदवार जिताउन पर्ने बताउँदै उनले निर्वाचनमा सही निर्णय गर्न आग्रह गरे।

CG

‘देशमा भएका ठूला भष्ट्राचारहरूको फाइल खोल्न रास्वपाको सरकार बन्नुपर्छ,’ उनले भने, ‘त्यसकारण निर्णय र फैसला गर्ने दिन फागुन २१ गते नै हो। तपाईंहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्ने हो। रास्वपा सरकारले निष्पक्ष रुपमा छानबिन गर्छ।’

रास्वपाको सरकारमा शिक्षक, किसान कर्मचारी कोही आत्तिन नपर्ने बरु उनीहरुको हकहितमा बास्तविक रुपमा काम गर्ने उनको भनाई थियो ।

जेन–जी आन्दोलनको क्रममा तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा जलेको पैसा अकाट्य प्रमाण भएको उल्लेख गर्दै त्यसको स्रोत खोज्न अनुसन्धान आवश्यक हुने बताए।

‘रास्वपाले प्रतिशोध गर्दैन, तर कानुनी राज्य स्थापना गर्छ,’ उनले थपे, ‘त्यो पैसाको स्रोत के हो? त्यो खोज्नका लागि अनुसन्धान चाहिन्छ। तर त्यो पैसा जलेको कुरा एआई होइन। सत्य हो। त्यो अकाट्य प्रमाण हो। कुनै अनुसन्धानको आवश्यकता पर्दैन। रास्वपाको सरकार बन्न दिनोस् हामी छानबिन गर्छौँ।’

उनले विसं २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने दाबी गर्दै विदेशमा लुकाइएको सम्पत्तिसमेत खोजी गरिने बताए।

निर्वाचन मिति सार्ने चर्चा चलिरहेको सन्दर्भमा लामिछानेले कुनै पनि बहानामा चुनाव नरोकिने बताएका छन्।

उनले भने, ‘लोकतन्त्रमा सबैभन्दा महत्वपूर्ण कुरा जनताको मत हो। जनता मत हाल्न तयार छन्। कुनै पनि दलले निहुँ खोज्ने काम गर्नु हुँदैन रास्वपाले जस्तो मत परिणाम आए पनि स्वीकार गर्छ। एक नम्बर बनाए एक नम्बर, जिरो नम्बर बनाए जिरो नम्बर, हामीलाई स्वीकार्य छ।’ -SDK

#RabiLamichhane #CorruptionFreeNepal #PoliticalNews #ElectionNepal #NepalPolitics #AntiCorruption #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #PoliticalUpdate #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages