

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गरेको छ । कम्पनिले सर्वसाधारणका लागि ४५ लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री गर्ने गरि खोलेको हो ।

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको शेयर बाँडफाँटपछि कम्पनीले बाँकी शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। यसमध्ये स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको शेयर वितरण भइसकेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गतेसम्म खुला रहनेछ। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बी प्लस रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले २०७६ सालदेखि क्लिंकर र २०७७ सालदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १८ सय मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २२ सय मेट्रिक टन रहेको छ।
लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
#PalpaCement #IPOOpening #ShareMarketNepal #NepalIPO #InvestmentNepal #BusinessNews #FinanceNepal #StockMarketNepal #समसामयिकसमाचार #मुख्यसमाचार #NepalNews #EconomicUpdate #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



