

काठमाडौं । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्माता सरोज न्यौपानेका अनुसार ‘जेरी अन टप; फेब्रुअरी २७ शुक्रबारदेखि भारतमा रिलिज हुने भएको हो ।

नेपालमा शानदार कमाई गरेको फिल्म अब भारतमा प्रदर्शनमा आउन लागेको हो ।
फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, मुम्बई कालिम्पोङ, सिलिगुडी र कोलकातासहित विभिन्न ठाउँका हलमा फिल्म लाग्ने बताइएको छ । फिल्म इनोक्स, पिभिआर लगायतका सिनेमा चेनसहित सय भन्दा बढी स्क्रीनमा रिलिज हुने बताइएको छ । फिल्मको टिकट बुक माई शो लगायतका एपबाट समेत लिन सकिने छ ।
फिल्ममा अनमोल र जसिता गुरुङको प्रमुख भूमिका रहेको छ । प्रेमको कथावस्तुमा निर्माण भएको फिल्म सगरमाथा आरोहणको साहसिक कथामा बनेको छ ।
#JerryOnTop #NepaliMovie #FilmInIndia #NepaliCinema #EntertainmentNews #MovieUpdate #FilmNepal #CinemaRelease #समसामयिकसमाचार #मुख्यसमाचार #NepalNews #CineUpdate #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



